नेपालको हवाई सेवालाई सुरक्षित बनाउन सरकार गम्भीर: मन्त्री किराती



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले हवाई दुर्घटनाको स्वतन्त्र छानबिन गर्न सरकारले सहयोग गरिरहेको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा पोखरामा भएको जहाज दुर्घटनाबारे जानकारी गराउन नेपाली कांग्रेसले माग गरेसँगै सरकारको तर्फबाट जानकारी गराउँदै हवाई दुर्घटनाको स्वतन्त्र छानबिन गर्न सरकारले सहयोग गरिरहेको बताएका हुन् ।

उनले नेपालको हवाई सेवालाई सुरक्षित बनाउन सरकार गम्भीर रहेको बताए ।

गत माघ १ गते पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेका ७२ मध्ये ७१ जनाको शव फेला परेको जानकारी दिए ।

उनले अझै एकजना शिशुको शव खोजि कार्य जारी रहेको बताए । उनले सरकारले खोजी कार्यमा नेपाल प्रहरी,नेपाल आर्मी,नेपाल सशस्त्र प्रहरी बल लगायतका निकाय खोजिकार्यमा निरन्तर लागेको बताए ।


क्लिकमान्डु