फेरिएका प्रतिनिधि, नेफेरिएको काठमाडौं (फोटोफिचर)



मंगलबजार सडकमा ढल राखिदै गरेको ढल र कष्टकर यात्रा गर्दै यात्रु ।

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन सकिएको छ । अब नयाँ सरकारको नेतृत्व कसले गर्ने भन्नेमा दलहरुबीच रस्साकस्सी छ । कुनैपनि एक दलको मात्र बहुमत नपुगेको अवस्थामा गठबन्धन गरेर सरकार बनाउने ध्याउन्नमा शीर्ष राजनीतिक दलहरु छन् ।

आम जनताले ५ वर्षका लागि देशको विकास गर्न भनेर चुनेर पठाएका जनप्रतिनिधिहरु जिल्लावासीहरुसँग भेटघाट गरेर बिस्तारै केन्द्रमा उपस्थित हुँदैछन् । अबको महिना दिनभित्र सम्भवतः देशले नयाँ सरकार पाउनेछ । आम जनताहरु देश विकासमा राजनीतिक दलहरुले चासो नदिँदा असन्तुष्ट देखिएको प्रमाण गत निर्वाचनले पुष्टि गरिसकेको छ । किनभने ठूला मानिएका राजनीतिक दलहरुका अगाडि नयाँ शक्तिहरुको उदय भएको छ । जनताले विकास चाहेका छन् त्यो पनि तिब्र गतिमा ।

तर, राजनीतिक दल र देशको नेतृत्व जनचाहनाअनुसार अब्बल सावित हुन सकिरहेको छैन । अबको नेतृत्वले देश विकास गर्नेमा आम सर्वसाधारणहरु आशावादी छन् । तर, निर्वाचनबाट जनप्रतिनिधि चुनिएर आइसक्दासमेत काठमाडौं उपत्यकाको अवस्था भने निर्वाचनअघिको भन्दा फरक देखिँदैन । जताततै अस्तव्यस्त देखिन्छ । भएका संरचना भत्काइएका छन् तर त्यसको व्यवस्थापन भएको छैन ।

विकास निर्माणका लागि पहलकदमी थाल्नु उचित त हो तर उचित व्यवस्थापन बिनाको विकास निर्माण दिगो हुन सक्दैन । त्यसैले पनि जनताले चाहेको व्यवस्थापनसहितको विकास निर्माणको खाँचो देखिन्छ । प्रतिनिधि सभाका उम्मेदवार चुनिएको करिव १ महिना पुग्नै लागेको छ । तर, काठमाडौं उपत्यकामा अहिले पनि अस्तव्यस्त ठाउँहरु धेरै भेटिन्छन् ।

मर्मतसम्भारका लागि शुरु गरिएका ठाउँहरुमा पनि त्यत्तिकै अस्तव्यस्त छ भने काम गर्नुपर्ने ठाउँमा समेत प्रतिनिधिहरुको खासै चासो देखिँदैन । न त राम्रोसँग फोहोर व्यवस्थापन भएका छ, न त सडकका खाल्डाखुल्डी नै पुरिन थालेका छन् । न पार्किङको बन्दोबस्त छ, न त उपत्यका सरसफाईको काम भएको छ । एक महिनाको बीचमा काठमाडौंवासीले निर्वाचनताका जनताले राखेका माग र अपेक्षालाई जनप्रतिनिधिहरुले खासै चासो दिएको देखिँदैन ।

आगामी दिनमा विकास निर्माणले गति लिन्छ वा यत्तिकैमा ५ वर्ष कट्छ त्यो भने हेर्न बाँकी नै छ । तर अब जनता सचेत भइसकेका छन्, अब पनि नेताहरुले जनतालाई झुटो आश्वासनहरु दिइरहने हो भने आगामी दिनमा ठूला राजनीतिक दलहरुको भविष्य धरापमा पर्ने निश्चित छ ।

धुलाम्मे भैसेपाटी सडक ।
गोगबु विष्ण्ुमती किनारमा बनाइएको टहरा ।
गोगबु स्थित चक्रपथमा अलपत्र अवस्थामा राखिएको ढल, धुलाम्मे सडक र पार्किङ ।
मानभवन सडकमा फ्याकिएको ट्राफिक बोर्ड ।
लुभुको बीच सडकमा टेलिफोन र इन्टरनेट तारको पोल ।
मंगलबजार सडकमा ढल राखिदै गरेको ढल र कष्टकर यात्रा गर्दै यात्रु ।
नयाँ सडकमा मोटर साइकल पार्क गरिदै ।
पाटन दरवारमा माटो उठाउदै मजदुर ।
सातदोवाटो लगनखेल सडकमा फ्किएको माटो ।
सिहदरवारको पश्चिम ढोका अगाडिको झुपडी ।
तीनकुनेस्थित ढल मिसिएको वागमती नदि ।
वालकुमारी सडकमा दुर्घटनापछि बाँचिएको डिभाइडरको डण्डी ।
तीनकुने पार्कमा फ्याकिएको फोहोर ।
टुडिखेलमा राखिएको निर्माण सामाग्री ।


क्लिकमान्डु