सुनको मूल्य तोलाकै ५३ सय रूपैयाँले बढ्यो, कति पुग्यो ?

175
Shares

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलाको ५ हजार ३ सय रूपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला २ लाख ८६ हजार ७ सय रूपैयाँमा किनबेच भएको सुनको मूल्य शुक्रबारका लागि २ लाख ९२ हजार रूपैयाँ तय गरिएको हो ।

यसैगरी चाँदीको मूल्य प्रतितोला १९० रूपैयाँले बढेर ४८ सय ४० रूपैयाँ पुगेको छ ।