सन्दीपविरुद्धको मुद्दामा आज थुनछेक बहस, यस्तो हुन्छ प्रकृया



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस हुने भएको छ ।

लामिछानेविरुद्ध सोमबार जिल्ला सरकारी वकिलको कार्यालले काठमाडौं जिल्ला अदालतमा जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा आजदेखि थुनछेक बहस हुने भएको हो ।

सन्दीपलाई थुनामा राखेर बाँकी मुद्दाको सुनुवाइ अघि बढाउने कि थुनामुक्त गरेर भन्नेबारे अदालतमा पक्ष विपक्षका कानुन व्यवसायीले बहस गर्ने छन् ।

त्यसकै आधारमा इजलासले उनलाई थुनामा राखेर मुद्दाको सुनुवाइ अघि बढाउने वा बाहिर बसेर मुद्दा लड्न दिने बारे निर्णय गर्ने छ ।

सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३)को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ ।

दफा २१९ को उपदफा (३)को देहाय (घ) मा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । आरोपपत्रमा सन्दीपविरुद्ध अधिकतम १२ वर्ष जेल सजायको मागदाबी गरिएको छ ।

१७ वर्षकी एक नाबालिगले आफूमाथि सन्दीपले काठमाडौंको एक होटलमा लगेर जबरजस्ती करणी गरको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् ।

उनको जाहारीपछि सन्दीप विदेशबाट फर्किएकै दिन विमानस्थलबाट पक्राउ परेका थिए ।

प्रहरीमा दिएको वयानका क्रममा सन्दीपले आफूले बलात्कार नगरेको भन्दै इन्कारी बयान दिएका छन् भने किशोरीले दुई पटक आफूमाथि जबरजस्ती करणी भएको आरोप लगाएकी छन् ।


क्लिकमान्डु