७ सहकारीसहित २० व्यक्ति कालो सूचीमा, को-को परे ?



काठमाडौं । सातवटा सहकारी संस्था र संस्थासँग सम्बन्धित विभिन्न २० जना कालो सूची परेका छन् ।

कर्जा सूचना केन्द्रले चालु आर्थिक वर्ष (साउनदेखि असोज ३१ गतेसम्म) ति संस्था र व्यक्तिहरुलाई कालो सूचीमा राखेको हो । सात सहकारी संस्थाले समयमा नै कर्जा नतिरेको र उक्त कार्यमा संलग्न भएकोभन्दै विभिन्न व्यक्तिलाई कालो सूचीमा राखिएको हो ।

पछिल्लो पटक असोज २४ गतेदेखि जनसेवा बचत तथा ऋण सहकारी संस्थालाई कालो सूचीमा राखेको छ । समयमै कर्जा नतिर्दा संस्थालाई कालो सूचीमा राखिएको केन्द्रले जनाएको छ ।

केन्द्रले संस्थामात्रै नभएर अशोक कुमार बस्नेत, मिन बहादुर आले र मोतिलाल लामालाई पनि कालो सूचीमा राखेको छ ।

यस्तै केन्द्रले साउन ६ गते जनमिलन सेभिङ एण्ड क्रेडिट अपरेटिभलाई पनि कालो सूचीमा राखेको थियो । केन्द्रले सहकारीका साथै लोकबहादुर थापा, रोश्नी थापा श्रेष्ठ, सन्दिप कुमार गुरुङलाई पनि कालो सूचीमा राखेको छ ।

सहकारीले समयमा नै कर्जा नतिर्दा केन्द्रले कालो सूचीमा राखेको हो । उक्त कार्यमा संलग्न भएको भन्दै तीन जनालाई पनि कालो सूचीमा राखेको केन्द्रले जनाएको छ ।

यस्तै केन्द्रले साउन २९ गते पुण्यभूमि सेभिङ एण्ड क्रेडिट कोअपरेटिभलाई कालो सूचीमा राखेको छ । केन्द्रले सहकारीका साथै सुनिल कुमार श्रेष्ठ, टंक बहादुर कार्कीलाई पनि कालो सूचीमा राखेको छ ।

यस्तै भदौ १६ गते देउराली मल्टिप्रपोज को अपरेटिभ कालो सूचीमा परेको छ । संस्थासँग सम्बन्धित पुजन खत्री, रविन्द्र चौलागाईलाई पनि कालो सूचीमा राखिएको केन्द्रले जनाएको छ ।

यस्तै भदौ २८ गते युगान्तकारी सेभिङ एण्ड क्रेडिट अपरेटिभलाई पनि कालो सूचीमा राखेको छ । केन्द्रले सहकारी मात्रै नभएर रमेश कुमार कार्की, सुप्रभा पन्त र उत्तम बहादुर कार्कीलाई पनि कालो सूचीमा राखेको छ ।

केन्द्रले असोज १२ गते नमस्ते शुभ सेभिङ एण्ड क्रेडिट को अपरेटिभलाई कालो सूचीमा रोखेको छ । साथै दिपक शाक्य, ज्ञान बहादुर महर्जन र उदयलाल प्रधानलाई पनि कालो सूचीमा राखेको छ ।

यस्तै मेगा ड्रिम मल्टिप्रपोज को–अपरेटिभलाई पनि कालो सूचीमा राखेको छ । साथै दामोदर शर्मा, सुजाता श्रेष्ठ र उमाकान्त न्यौपानेलाई पनि केन्द्रले कालो सूचीमा राखेको छ ।


क्लिकमान्डु