
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण सम्बन्धी निवेदनमा आज सुनुवाइ हुँदै छ ।
रिट सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको छ ।
गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै तत्काल रिहाइको मागसहित आइतबार दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सोमबार सुनुवाइ हुने भएको हो।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलन सम्बन्धी घटनामा अनुसन्धानका लागि पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री लेखकका पक्षबाट उनी पत्नी यशोदा लेखकले निवेदन दर्ता गराएकी हुन्।
उक्त आन्दोलनका क्रममा भएको दमनका लागि जिम्मेवार ठहर गर्दै घटना जाँचबुझ आयोगले उनीविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही प्रतिवेदनका आधारमा सरकारले तत्कालीन गृहमन्त्री लेखकलाई शनिबार बिहान भक्तपुरबाट पक्राउ गरेको हो।








प्रतिक्रिया