
काठमाडौं । आइतबार पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नियन्त्रणमा रहेका खड्कालाई टिचिङ अस्पतालमा भर्ना गरिएको हो र
जेनजी आन्दोलनका क्रममा उनकी घरमा जलेको पैसा भेटिएकोबारे अनुसन्धान गर्न विभागले खड्कालाई आइतबार बिहानै पक्राउ गरेको थियो ।
आइतबारै अदालतमा पेस गरिएका उनीमाथि थप अनुसन्धानका लागि अदालतले ७ दिनको म्याद दिएको थियो । त्यसपछि खड्कालाई प्रहरी प्रभाग पुल्चोकको हिरासतमा राखिएको थियो ।
तर राति साढे १२ बजेतिर बान्ता भएपछि उनलाई अस्पताल लगिएको थियो । उनलाई मध्यरातमा नर्भिक अस्पताल ल्याइएको स्रोतले जानकारी दियो ।
अस्तापल स्रोतका अनुसार नर्भिक ल्याइए पनि बान्ता नरोकिएपछि टिचिङ अस्पताल रिफर गरिएको थियो ।
टिचिङ अस्पतालमै जेनजी आन्दोलनका क्रममा दोषी पाइएको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि स्वास्थ्यमा समस्या देखिएपछि उपचाररत छन् ।








प्रतिक्रिया