सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो
काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।
सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँ कायम भएकोमा मंगलबार २ सय रुपैयाँले बढेर ९५ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रुपैयाँ कायम भएकोमा मंगलबार ९५ हजार १ सय रुपैयाँ कायम भएको छ ।
साथै, सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय २० रुपैयाँ कायम भएकोमा मंगलबार पनि सोही मूल्य कामय भएको छ ।