७ दिनमा सुनको मूल्य तोलामा ३४ हजारले घट्यो, आज कति ?

3.1k
Shares

काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ हजार ५ सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य २ लाख ७५ हजार ५ सय रुपैयाँ मूल्य तोकिएको छ । यसअघि आइतबार हिजो सुन तोलाको २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि तोलामा ११५ रुपैयाँले घटेको छ ।

आज तोलाको ४ हजार ४२५ रुपैयाँ तोकिएको छ । यसअघि आइतबार ४ हजार ५४० रुपैयाँमा कारोबार भएको थियो ।

पछिल्लो ७ कारोबार दिनमा सुनको मूल्य तोलामा ३४ हजार रुपैयाँले घटेको छ ।

चैतको दुई गते ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज सोमबार ९ गते २ लाख ७५ हजार ५ सय रुपैयाँ तोकिएको छ ।