आयल निगम निजीकरण गर्ने कुनै योजना छैन: प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल आयल निगम निजीकरण गर्ने सरकारको कुनै नीति नभएको स्पष्ट पारेका छन् ।

नीति तथा कार्यक्रमकामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्रीले भने, ‘सार्वजनिक संस्थानहरुको सुधारका लागि नीति तथा कार्यक्रममा समावेश विषयलाई विषयान्तर गरिएको छ । निजीकरण गर्ने विषयमा सरकारको कुनै नीति छैन ।’

प्रधानमन्त्री देउवाले प्रतिष्पर्धी वस्तु तथा सेवा उत्पादन गर्ने निजी क्षेत्र सहकार्य सक्षम भएको खण्डमा सार्वजनिक संस्थान सुधार गर्न सकिने बताए ।

‘प्रतिष्पर्धा नहुने र सरकारको एकाधिकार भएको पेट्रोलियम पदार्थको कारोबार गर्ने संस्थानहरु खारेजी वा निजीकरण गर्ने सरकारको सोच नभएको समेत स्पष्ट पार्न चाहन्छु,’ उनले भने ।

कोरोनापछि अर्थतन्त्र सामान्य बन्दै गएको अवस्थामा युक्रेनमा भएको युद्धका कारण थप समस्या परेको बताए ।


क्लिकमान्डु