निर्वाचन आयोगले बनाएका भिडियोमा टिकटक बनाएर ५० हजारसम्म जित्न पाइने



काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सम्बन्धी बनाइएका भिडियो प्रचारप्रसार गर्न अनुरोध गरेको छ ।

आयोगले तयार पारेका भिडियोहरुमा टिकटकट बनाएरु ५० लाख वा सोभन्दा बढी दर्शकसमक्ष पुर्याउनेलाई ५० हजार रुपैयाँ उपलब्ध गराउने बताएको छ ।

साथै ३० लाख भ्युज हुनेले ३० हजार रुपैयाँ र २० लाख भ्युज हुनेलाई २० हजार रुपैयाँ उपलब्ध गराउने आयोगको भनाइ छ ।

आयोगले वैशाख २९ गतेभित्र निर्वाचन सम्बन्धी भिडियोहरुलाई टिकटक बनाउन वा फेसबुक, युट्युवलगायतका सामाजिक सञ्जालमा पोस्ट गर्न अनुरोध गरेको छ ।


क्लिकमान्डु