रात्रीकालिन उडानको उठाउने विषयमा अध्ययन गर्न कार्यदल गठन



सरकार र वायुसेवा सञ्चालक संघबीच रात्रीकालिन उडाउनको लागि अध्ययन गर्न कार्यदल गठन गर्ने सहमति भएको छ ।

पर्यटन मन्त्रालयले १८ घण्टा उडान गर्ने निर्देशन दिएसँगै वायुसेवा सञ्चालकले उडान गर्न नसकिने भन्दै हड्तालमा उत्रने घोषणा गरेका थिए ।

पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग वायुसेवा सञ्चालकको छलफलमा रात्रीकालिन उडानको लागि नागरिक उड्यन प्राधिकरण,एटिसी,वायुसेवा कम्पनीबीच कार्यदल गठन गर्ने सहमति भएको छ ।

कार्यदलले बैशाख २१ सम्ममा सुझाव दिने छ । कार्यदल गठन गर्ने सहमतिसँगै शुक्रबारदेखि हड्तालमा उत्रने घोषणा गरेका वायुसेवाले उडान सुरु गर्ने घोषणा गरेका छन् ।


क्लिकमान्डु