म्यानको आयोजनामा पूर्बबजेट छलफल कार्यक्रम, कसले के भने ?



काठमाडौं । व्यवस्थापकहरुको छाता संगठन नेपाल व्यवस्थापन संघले नेपाल सरकारको आगामि बजेट तथा कार्यक्रममा सहयोग पुर्याउने उदेश्यले पूर्बबजेट छलफल कार्यक्रम गरेको छ ।

कार्यक्रममा नेपाल सरकारका अर्थसचिव मधुकमार मरासिनी, सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरु, उद्योगी व्यवसायी र विभिन्न क्षेत्रका विज्ञहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम निजी क्षेत्रका सरोकारवालाहरुले भोगेका समस्या र चुनौतिहरु र उक्त चुनौतिहरुलाई आगामि बजेटमा सम्बोधन हुनुपर्ने विषय सँगै विज्ञहरुबाट प्रस्तुत महत्वपूर्ण रुपान्तरणकारी आयामहरु र भविष्यमा दुरदर्शी प्रभाव पार्न सक्ने बजेट प्याकेज तथा कार्यक्रमका विविध विषयहरुमा छलफल केन्द्रित भएको थियो ।

कार्यक्रममा निजी क्षेत्रबाट नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका सिनियर भाईस प्रिसिडेन्ट कमलेश कुमार अग्रवाल, बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवनकुमार गोल्यान र नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष निरु रायमाझी खत्रीको सहभागिता रहेको थियो ।

यसैगरी विज्ञहरुमा शिक्षा क्षेत्रबाट प्रा. डा. विद्या नाथ कोइराला, अर्थशास्त्री डा. विश्वास गौचन, कृषि विज्ञ डा. कृष्ण देव जोशी, पर्यटन क्षेत्रका विज्ञ बसन्त राज मिश्र, स्वास्थ्य क्षेत्रका विज्ञ किशोर कुमार महर्जन र सूचना प्रविधि क्षेत्रका विज्ञ एलेन तुलाधरको उपस्थिती रहेको थियो । पूर्ब बजेट छलफल कार्यक्रमलाई संघका कार्यकारी सदस्य मजोज कुमार ज्ञवालीले सहजीकरण गरेका थिए ।

नेपालको खासगरी आर्थिक, मौद्रिक र प्रशासनिक क्षेत्रको नीतिगत तहमा विगत चार दशकदेखि योगदान पुरयाउदै आएको संघले निष्पक्ष र स्वतन्त्र रुपमा सरोकारवाला पक्षहरु र विज्ञहरुसँग छलफल चलाइ नेपाल सरकारको बजेट तथा कार्यक्रममा उपयोगी हुने सुझावहरु पेश गर्दे आएको छ ।

आज सम्पन्न पूर्बबजेट छलपलका आधारमा तयार पारिएको प्रतिवेदनलाई संघले केही दिनभित्र नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्य योजना रहेको संघका सभापति उपेन्द्र प्रसाद पौडेलले जानकारी दिए । नविल बैंकका अध्यक्षसमेत रहेका पौडेल केही दिनअघि मात्रै म्यानको अध्यक्ष निर्वाचित भएका थिए ।


क्लिकमान्डु