दीपेन्द्र अग्रवालसहित ५ जनाविरुद्ध ३६ करोड राजस्व छलेको भन्दै मुद्दा दर्ता



काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट सम्बन्धी मुद्दामा दीपेन्द्र कुमार अग्रवालसहित ५ जना विरुद्ध ३६ करोड ११ लाख ३७ हजार २८६ रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरेको छ ।

विभाग अनुसार राजस्व ३६ करोड ११ लाख ३७ हजार २८६ रुपैयाँ सजायको माग दाबी गर्दै मनिष कुमार अग्रवाल, हितेष कुमार अग्रवाल, प्रतिमा महर्जन, बिमल अग्रवाल र दिपेन्द्र कुमार अग्रवाल विरुद्द उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

विभाग अनुसार काठमाडौैं महानगरपालिका–१३ बाफलमा रहेको शुभलक्ष्मी इन्टरनेशनलका प्रोपाइटर तथा गणपति टे«ड लिंकका मनिष कुमार अग्रवाल, बाफल स्थित एच बी टे«ड एण्ड सप्लायर्सका हितेष कुमार अग्रवाल रहेका छन् । यस्तै बाफल चंखमार्ग बस्ने एम के इन्टरनेशनलका प्रमित महर्जन, रौतहट जिल्ला गौर नगरपालिका–१ हाद बाफल बस्ने एच बि टे«ड एण्ड सप्लायर्सका बिमल अग्रवाल र रौतहट जिल्ला गौर–१ हाल बाफल बस्ने ५० वर्षको गणपति टे«ड लिंकका दिपेन्द्र कुमार अग्रवाल विरुद्ध मुद्दा दायर गरेको विभागले जनाएको छ ।

यी फर्महरुले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयूक्त, नक्कली तथा झुट्टा मूल्य अभिबृद्धि कर विजक खरिद गरी बित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरी प्रचलित आयकर ऐन तथा मुल्य अभिबृद्धि कर ऐन तथा नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य गरेको विभागको भनाइ छ ।


क्लिकमान्डु