कामना विकास बैंकका नाफा १३.९२ प्रतिशतले घट्यो



काठमाडौं । कामना विकास बैंकको नाफा १३.९२ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ५० करोड ४५ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ५८ करोड ६१ लाख रुपैयाँ नाफा गरेको थियो ।

बैंकले चैत मसान्तसम्ममा ४३ अर्ब ५२ करोड ५८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३८ अर्ब ५८ करोड ५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

त्यसैगरी, बैंकले सो अवधिमा ४५ अर्ब ५८ करोड ९५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४४ अर्ब २० करोड ६ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

बैंकसँग अहिले ९ करोड ४५ लाख रुपैयाँ मात्रै वितरणयोग्य नाफा रहेको जनाएको छ ।

त्यस्तै, चैत मसान्तसम्ममा बैंकको पुँजी कोष अनुपात घटेको छ । गत वर्ष १४.०३ प्रतिशत रको पूँजी कोष अनुपात यो वर्ष घटेर १२.७९ प्रतिशत रहेको छ ।

बैंकको खराब कर्जा गत वर्ष १ प्रतिशत थियो । यो वर्ष बढेर २.२० प्रतिशत पुगेको छ । बैंकको सिडी रेसियो ८८.४८ प्रतिशत, बेसरेट १०.३९ प्रतिशत र ब्याजदर ४.४६ प्रतिशत रहेको छ । गत वर्ष सिडी रेसियो ८७.२६ प्रतिशत, बेसरेट ८.१५ प्रतिशत र ब्याजदर ४.९५ प्रतिशत थियो ।


क्लिकमान्डु