निफ्राको नाफा १७.८६ प्रतिशतले बढ्यो, पुँजी कोष अनुपात घट्यो



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा १७.८६ प्रतिशतले बढेको छ ।

वित्तीय विवरणअनुसार बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ६९ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले ५८ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकले चैत मसान्तसम्ममा ११ अर्ब ९४ करोड ६६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब १९ करोड ५६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकले चैत मसान्तसम्ममा ४० करोड १ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने गत वर्षको साही अवधिमा ३० करोड ९४ लाख रुपैयाँ संकलन गरेको थियो ।

त्यसैगरी बैंकको पूँजी अनुपात कोष भने घटेको छ । गत वर्षको चैत मसान्तसम्ममा २९६.१९ प्रतिशत रहेकोमा यो वर्ष १४१.९८ प्रतिशत रहेको छ ।


क्लिकमान्डु