ज्योति विकास बैंकको नाफा १४.४० प्रतिशतले घट्यो



काठमाडौं । ज्योति विकास बैंकको नाफा १४.४० प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ५१ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको हो ।

गत वर्षको सोही अवधिमा बैंकले ६० करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

त्यस्तै, बैंकले चैत मसान्तसम्ममा ४८ अर्ब ५२ करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४२ अर्ब ९१ करोड ५३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकले तेस्रो त्रैमाससम्ममा ४९ अर्ब ७७ करोड १३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४९ अर्ब ५५ करोड ७५ लाख रुपयाँ निक्षेप संकलन गरेको थियो ।

वित्तीय विवरणअनुसार बैंकको पुँजी अनुपात कोष बढेको छ । गत वर्ष १२.६८ प्रतिशत रहेकोमा यो वर्ष १४.९६ प्रतिशत पूँजी अनुपात कोष पुगेको छ ।

त्यसैगरी, बैंकको खराब कर्जा भने बढेको छ । गत वर्ष ०.५८ प्रतिशत रहेकोमा यो वर्ष बढेर १.३७ प्रतिशत पुगेको छ । चैत मसान्तसम्ममा बैंकको सिडी रेसियो ८८.५० प्रतिशत, बेसरेट १०.१६ प्रतिशत र ब्याजदर ३.९६ प्रतिशत रहेको छ ।

साथै, कम्पनीको अर्निङ प्रतिसेयर मूल्य पनि घटेको छ । गत वर्षको चैतमसान्तसम्ममा २०.८९ रुपैयाँ रहेकोमा यो वर्ष घटेर १६.११ रुपैयाँ रहेको छ ।

बैंकसँग हाल ९ करोड ९७ लाख रुपैयाँ वितरणयोग्ग नाफा रहेको छ ।


क्लिकमान्डु