जीवन बीमा कम्पनी पुराना पोलिसीमा केन्द्रित, नयाँ व्यवसाय ७% ले घट्यो



काठमाडौं । सञ्चालनमा रहेका जीवन बीमा कम्पनीले नयाँ व्यवसायलाई भन्दा पनि नवीरकण व्यवसायलाई बढी जोड दिएका छन् ।

जीवन बीमा कम्पनीहरुले नयाँ पोलिसी बिक्रीलाई भन्दा पनि नवीरकण बीमाशुल्कलाई प्राथमिकता दिएका हुन् । बीमा समितिले उपलब्ध गराएको फागुन महिनासम्मको तथ्यांकअनुसार कुल जीवन बीमा व्यवसायमा नवीरकण बीमाशुल्कको हिस्सा धेरै देखिएको हो ।

जीवन बीमा कम्पनीहरुले पोलिसी बिक्री गरेको शुरुवातको किस्ताबापत् प्राप्त हुने रकम प्रथम बीमाशुल्क हो । भने बीमा कम्पनीहरुले दोस्रो वा सो भन्दा पछि संकलन गर्ने बीमाशुल्क नवीकरण बीमाशुल्क बीमाशुल्क हो ।

चालु आवको ८ महिनाको अवधिमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीले ९२ अर्ब २२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

यस अवधिमा कम्पनीहरुले २५ अर्ब ९१ करोड ४२ लाख रुपैयाँको मात्रै नयाँ व्यवसाय गरेका छन् । जुन गत आवको यसै अवधिको तुलनामा ७.७५ प्रतिशतले कमी हो । गत आवको यसै अवधिमा कम्पनीहरुले २८ अर्ब ९ करोड रुपैयाँको नयाँ व्यवसाय गरेका थिए ।

कुल बीमाशुल्कमा नविकरण बीमाशुल्कको हिस्सा ७१ प्रतिशत, प्रथम बीमाशुल्कको २८ प्रतिशतमात्रै

चालु आवको फागुन मसान्तसम्ममा जीवन बीमा कम्पनीहरूको कुल व्यवसायमा नविकरण बीमाशुल्कको हिस्सा ७१.८९ प्रतिहत छ भने प्रथम बीमाशुल्कको हिस्सा २८.११ प्रतिशतमात्रै छ ।

चालु आर्थिक वर्षको आठ महिनामा जीवन बीमा कम्पनीहरुले कुल ८२ अर्ब २० करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । त्यसमध्ये २८.११ प्रतिशत अर्थात २५ अर्ब ९१ करोड ४२ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका छन् । यस्तै, यस अवधिमा जीवन बीमा कम्पनीहरुले नवीकरण बीमाशुल्कबाट ६६ अर्ब २८ करोड ९६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको समितको तथ्यांक छ ।

सबैभन्दा धेरै प्रतिशतले सन् नेपालको बढ्दा गुँरासको धेरै घट्यो

बीमा समितिबाट उपलब्ध तथ्यांकअनुसार गत आवको तुलनामा अधिकांश बीमा कम्पनीको प्रथम बीमाशुल्क घटेको छ । यस अवधिमा १० वटा जीवन बीमा कम्पनीको प्रथम बीमाशुल्क घटेको हो ।

नेपाल लाइफ, एलआइसी, एशियन लाइफ, गुराँस लाइफ, सूर्या लाइफ, प्राइम लाइफ, यूनियन लाइफ, ज्योति लाइफ, रिलायन्स लाइफ र सानिमा लाइफको प्रथम बीमाशुल्क घटेको हो ।

समितिको तथ्यांकअनुसार यस अवधिमा सन नेपाल लाइफको प्रथम बीमाशुल्क धेरै प्रतिशतले बढ्दा सबैभन्दा धेरै प्रतिशतले घट्ने कम्पनीमा गुराँस लाइफ परेको छ ।

जीवन बीमा कम्पनीतर्फ सन नेपाल लाइफसँगै सिटिजन लाइफ, प्रभु लाइफ, महालक्ष्मी लाइफ, रिलायबल नेपाल लाइफ र आईएमई लाइफको प्रथम बीमाशुल्क संकलन बढेको छ ।

यस्तै, पूराना जीवन बीमा कम्पनीतर्फ भने नेशनल लाइफ, मेट लाइफ, राष्ट्रिय बीमा संस्थानको मात्रै प्रथम बीमाशुल्क बढेको छ ।

चालु आवको माघ मसान्तसम्ममा सन नेपाल लाइफको प्रथम बीमाशुल्क १७७.९२ प्रतिशतले बढेर एक अर्ब ६६ करोड ७५ लाख रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा सन नेपाल लाइफले प्रथम बीमाशुल्कबाट ५५ करोड रुपैयाँ संकलन गरेको थियो ।

फागुन महिनासम्मको अवधिमा गुराँस लाइफ इन्स्योरेन्सको प्रथम बीमाशुल्क ६२.१५ प्रतिशतले घटेर ४५ करोड ४१ लाखमा सीमित भएको छ । गत आवको यसै अवधिमा इन्स्योरेन्सले प्रथम बीमाशुल्कबाट एक अर्ब २० करोड रुपैयाँ संकलन गरेको थियो ।

यस्तै, गुराँस लाइफपछि धेरै प्रतिशतले प्रथम बीमाशुल्क घट्ने कम्पनीमा यूनियन लाइफ परेको छ ।

यूनियनको लाइफको प्रथम बीमाशुल्कमा ३२.१४ प्रतिशतको गिरावट आएको छ । कम्पनीले यस अवधिसम्ममा प्रथम बीमाशुल्क संकलनबाट एक अर्ब ५९ करोड ४७ लाख रुपैयाँ संकलन गरेको छ ।

गत आवको यसै अवधिमा कम्पनीले प्रथम बीमाशुल्कबाट दुई अर्ब ३५ करोड रुपैयाँ संकलन गरेको थियो ।

यस अवधिमा एशियन लाइफको प्रथम बीमाशुल्क संकलन रकम १०.१८ प्रतिशत, सूर्या लाइफको १७.६१ प्रतिशत, प्राइम लाइफको ९.२९ प्रतिशत, ज्योति लाइफको ७.१५ प्रतिशत, रिलायन्स लाइफको २८.८७ प्रतिशत र सानिमा लाइफको ८.६२ प्रतिशतले घटेको छ ।

यस्तै, नेपाल लाइफको प्रथम बीमाशुल्क संकलन रकम २७.८७ प्रतिशतले घटेर ४ अर्ब ३८ करोड ५२ लाख रुपैयाँमा सीमित भएको छ । गत आवको यसै अवधिमा इन्स्योरेन्सले प्रथम बीमाशुल्कबाट ६ अर्ब ८ करोड रुपैयाँ संकलन गरेको थियो ।

सबैभन्दा धेरै प्रथम बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ

माघ महिनासम्ममा नेपाल लाइफले प्रथम बीमाशुल्कबाट सबैभन्दा धेरै रुपैयाँ संकलन गरेको छ । कम्पनीले ४ अर्ब ३८ करोड ५२ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।

नेशनल लाइफ इन्स्योरेन्सले माघ महिनासम्ममा भने २ अर्ब ८४ करोड ६७ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।

एलआइसी नेपालले एक अर्ब ६९ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ ।


क्लिकमान्डु