क्रिप्टो कारोबारमा संलग्न २ जनालाई करिब १० करोड बिगोसहित मुद्दा दायर



काठमाडौं । राजस्व अनुसन्धान विभागले क्रिप्टो कारोबारमा संलग्न २ जनालाई जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । विभागका अनुसार मोरङ जिल्ला रतुवामाई नगरपालिका–७का पुस्कर श्रेष्ठ र। मोरङ जिल्ला रतुवामाई नगरपालिका–७ बस्ने २३ को बिनिता लिम्बु विरुद्ध मुद्दा दायर गरेको विभागले जनाएको छ ।

विभागका अनुसार दुवै जनाले वान एक्सबेट, एडभान्स क्यास, क्वाइन बेस मार्फत रकम लोड तथा अनलोड गरी अमेरिकी डलर सटही तथा क्रिप्टोमा लगानीकर्ता गरेको पाइएको छ ।

पुस्कर श्रेष्ठले मेगा बैंकबाट ८६ लाख ८३ हजार ४२९ रुपैयाँ, सिटिजन्स बैंकबाट २ करोड ५१ लाख ७६ हजार ९९ रुपैयाँ र एनआईसि एशिया बैंकबाट १ करोड ८२ लाख ४९ हजार ८८९ रुपैयाँ तथा राष्ट्रिय वाणिज्य बैंकबाट २ करोड ३६ लाख ६२ हजार ५३९ रुपैयाँ सहित ७ करोड ५७ लाख ७१ हजार ९५८ रुपैयाँ दिएको देखिएको छ ।

यस्तै बिनिता लिम्बुले एनआईसि एशिया बाट २ करोड १६ लाख ९८ हजार २४ रुपैया कारोबार गरेको देखिएको छट । दुवै जनाले ९ करोड ७४ लाख ६९ हजार ९८३ रपैयाँ माग दाबी सहित मुद्दा दायर गरेको छ ।

श्रेष्ठ र लिम्बुलाई विदेशी विनियम ऐन २०१९ को दफा ३ को उपदफा (१) दफा ४ को उपदफा १ र दफा ५ को उपदफा १ र दफा १२ बजोमाजिम कारबाही गर्न र तीन वर्षसम्मको कैद सजायको मागदावी लिइएको विभागले जनाको छ ।


क्लिकमान्डु