इनरुवामा डिसहोम फाइवरनेटको सह–वितरण शोरुम उद्घाटन



काठमाडौं । डिशहोम फाइवरनेटले इनरुवामा पनि सह–वितरण शोरुम सञ्चालनमा ल्याएको छ ।

फागुन १४ गतेदेखि डिशहोम फाइवरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न शुरु गरिएको सो शोरुमको सञ्चालन खुस्बु इन्टरप्राइजेजले गर्नेछ ।

शोरुम समुद्धघाटनमा डिशहोमका तर्फवाट प्रबन्ध निर्देशक सुदीप आचार्य, क्षेत्रीय बिक्री प्रबन्धक बिपिन्द्र न्यौपाने सेल्स अफिसर मनोज रिजाल, जीवन बन्जारा असोसिएट ब्रान्ड अफिसर दिनेश रतनको उपस्थीति थियो ।

खुस्बु इन्टरप्राइजेजले विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डिटिएच सेवा, ग्राहकहरुमाझ पुर्याउँदै आएका थियो ।


क्लिकमान्डु