सुनको मूल्यमा प्रतितोला ५०० रुपैयाँले बढ्यो



काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला ५०० रुपैयाँले बढेर ९३ हजार १०० रुपैयाँ पुगेको छ ।

पहेँलो धातु सोमबार प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ छ, यसको मूल्य अधिल्लो दिन ९२ हजार १०० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको मूल्य अधिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार २६० रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१९ डलर आसपास कारोबार भइरहेको छ ।


क्लिकमान्डु