भारतको जीडीपी ग्रोथ ८.५% को हुने अनुमान



भारतको जीडीपी ग्रोथ ८.५ प्रतिशतको हुने अनुमान सार्वजनिक गरिएको छ । भारतीय वित्त मन्त्री निर्मला सितारमणले सोमबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा आर्थिक वृद्धिदर ८.५ प्रतिशत हुने अनुमान सार्वजनिक गरेकी छन् ।

भारत सरकारले भोलि मंगलबार बजेट सार्वजनिक गर्दैछ । त्यसको अघिल्लो दिन वित्त मन्त्रीले आर्थिक वर्ष २०२२÷२३ को आर्थिक वृद्धि सार्वजनिक गरेकी हुन् ।

आर्थिक सर्वेक्षणमा मिडिल क्लासको जनसंख्या धेरै रहेको देखिएको छ ।


क्लिकमान्डु