सम्पूर्ण अपडेट

मोरङ–३ रास्वपाका कार्कीको अग्रता, सुनिल शर्मा पछ्याउँदै

735
Shares

सुन्दरहरैँचा । मोरङ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ३ को मा रास्वपाका उम्मेदवार गणेश कार्की एक हजार ९२५ मतसहित अग्रस्थानमा रहेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कांग्रेसका उम्मेदवार सुनीलकुमार शर्माले एक हजार ८१० मतसहित उनलाई पछ्याइरहेका छन् ।

यसैगरी, श्रम संस्कृति पार्टीका अमीर मगरले एक हजार ७७६ र एमालेका इरन राईले ४९० मत प्राप्त गरेका छन् ।