
काठमाडौं । एउटा मात्र निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा एमाले उम्मेदवार अस्मिता थापाले आफ्नो अग्रता कायम राखेकी छन् । जारी मतगणनामा ३९३ मत प्राप्त गर्दै थापाले अग्रता कायम गरेकी हुन् ।
यसअघिको अपडेटमा काङ्ग्रेस दोस्रो स्थानमा रहेपनि अहिले भने राष्ट्रिय स्वतन्त्र पार्टीका विश्वनाथ पोखरेलले २४३ मतसहित थापालाई पछ्याउँदै छन् ।
नेपाली काङ्ग्रेसका कुमार लुईटेलले ११० मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टीका अम्बिरबाबु गुरुङले ३७ मत ल्याएका छन् ।








प्रतिक्रिया