केपी ओलीबाट सचेत हुन सेयर लगानीकर्तालाई प्रचण्डको आह्वान



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफू सेयर बजारका लाखौ सर्वसाधारण लगानीकर्ताको पक्षमा रहेको बताएका छन् ।

प्रचण्डले विज्ञप्ती जारी गर्दै आफूले भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय इएकाधिकार पुँजीवादको बारेमा टिप्पणी गरेको तथा आफ्नो पार्टी साधारण लगानीकर्ताको पक्षमा रहेको भन्दै दलाल पुँजीपतिको झुटो प्रचारबाट भ्रमित नहुन सेयर लगानीकर्तालाई आह्वान गरेका छन् ।

केही दिन अघि आयोजित कार्यक्रममा उनले सेयर बजार साम्राज्यवादको रुप भएको आरोप लगाएका थिए ।

उनले नेकपा एमालेका अध्यक्ष केपी ओली दलाल पुँजीपति गुटको नाइके भएको र ओली झुट बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्ति देखिएइको बतताए ।

ओलीले प्रचण्डले सेयर लगानीकर्ताबाट चन्दा नपाएको रिस सेयर बजारमा पोखेको टिप्पणी गरेका थिए ।

उनले पूर्व राजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शत प्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेको बताए ।


क्लिकमान्डु