लगानीकर्ताले चन्दा नदिएको रिस प्रचण्डले सेयर बजारमा पोखे: ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सेयर कारोबारीले चन्दा नदिएको रिस सेयर बजारलाई पोखेको बताएका छन् ।

नेकपा एमालेका मनोनित केन्द्रिय सदस्यको सपथ कार्यक्रममा अध्यक्ष ओलीले चन्दा नदिएको रिस पोख्न सेयर बजारलाई साम्राज्यवादको रुप भएको आरोप लगाएको बताए ।

‘लाखौं जनताले आफ्नो बचतमा भएको पैसा लगानी गरेको क्षेत्रलाई प्रचण्डले चन्दा नपाएको रिस पोखेका हुन्,’ उनले भने ।

उनले सेयर बजारबारेमा आफूहरुले त्यस्तो बोलेको भए सडकमा आगो बलिसक्ने बताए।

’हामीले त्यस्तो बोलेको भए सडक तातिसक्थ्यो। सञ्चारमाध्यमले आगो लगाउँथे’, उनले भने, ’तर अस्थिरता मच्चाउनेहरुले जे गरे पनि कोही बोल्दैनन् ।’


क्लिकमान्डु