सीई कन्स्ट्रक्सनले थापाथलीमा अपार्टमेन्ट बनाउँदै, शुरुवाती मूल्य डेढ करोड



काठमाडौं । लामो समयदेखि रियल स्टेटमा काम गर्दै आएका सीई कन्स्ट्रक्सनले थापाथली हाइटमा अपार्टमेन्ट निर्माण गरिरहेको छ । रियल स्टेटमा राम्रो छवी जमाएका सीई कन्स्ट्रक्सनले रिङरोडभित्रै अपार्टमेन्ट परियोजना ल्याएको हो ।

पछिल्लो समयमा विभिन्न रियल स्टेट कम्पनीहरूले उपत्यकामा मात्रै नभएर उपत्यका बाहिर पनि तीब्ररुपमा अपार्टमेन्ट तथा हाउजिङ निर्माण कार्यलाई तीब्रता दिएको छ । सोहीअनुसार सीईले पनि उपत्यका र उपत्यकाबाहिर विभिन्न सेवा सुविधाका साथ अपार्टमेन्ट र हाउजिङ कार्य अगाडि बढाएका छन् ।

उपत्यकाका रिङरोडभित्र जग्गाको मूल्य वृद्धिका कारण जो कोहीले घर बनाउन नसक्ने अवस्थामा पुगेको छ । त्यसैले, रियल स्टेट कम्पनीहरूले एकीकृत वस्तीमा जोड दिँदै आएका छन् । त्यस्तै, सीइले सबै सर्वसाधारणको केन्द्रको स्थानमा रहेको थापाथलीमा १० तल्लाको अपार्टमेन्ट निर्माण गरिरहेको कम्पनीले जनाएको छ ।

करिब ३ रोपनी जग्गाको क्षेत्रफलमा कम्पनीले अपार्टमेन्ट निर्माण गर्ने भएको हो । कम्पनीकाअनुसार सो क्षेत्रफलमा ६७ वटा युनिटको अपार्टमेन्ट निर्माण गरिरहेका छन् ।

कम्पनीले निर्माण कार्य शुरु हुनुभन्दा अगाडि नै बुकिङ खुल्ला गरेको थियो । उक्त बुकिङ खुल्ला गरेसँगै हालसम्ममा ५८ वटा युनिट बिक्री भइसकेको कम्पनीले जनाएको छ । साथै, हाल ९ वटा युनिट बिक्री हुन बाँकी रहेको कम्पनीको भनाइ छ ।

कम्पनीले उक्त अपार्टमेन्टमा बस्न चाहने व्यक्तिहरूका लागि आवश्यक सेवा सुविधाको आधारमा युनिट बिक्री गर्ने जनाएको छ । जसमा कम्पनीले उक्त अपार्टमेन्टमा बसोबास गर्न चाहने इच्छुक व्यक्तिहरूका लागि शुरुवाती मूल्य डेढ करोड तोकेको छ ।

यदि कुनै पनि घरधनी सुविधासम्पन्न एवं ठूलो आवासमा बस्न चाहेमा सोही अनुसारको व्यवस्था हुने कम्पनीको भनाइ छ ।

कम्पनीले निर्माण गरेको अपार्टमेन्टको अधिकतम मूल्य करिब ३ करोड रुपैयाँ तोकेको छ । जसमा कम्पनीले आफू बसोबास गर्ने क्षेत्रफलको आधारमा मूल्य तय गरेको छ ।

कम्पनीले टीवान अपार्टमेन्ट जीबीको, टीवान अपर्टामेन्ट वानबी, टुबी, थ्रीबी, फाइभ बीको मूल्य १ करोड ७८ लाख ४३ हजार तोकेको छ । उक्त युनिटमा कार्पेटको क्षेत्रफल ५७०.८८ स्क्यावरफिट, सुपर एरियाको ७६५.६० स्क्यारफिट र निर्मित क्षेत्रफल ६४३.४ स्क्यारफिट हुनेछ ।

त्यसैगरी, कम्पनीले टीटु अपार्टमेन्ट जीडीको र टीटु अपार्टमेन्ट वानडीको मूल्य १ करोड ४९ लाख २७ हजार मूल्य तोकेको छ । सो अपार्टमेन्टमा कार्पेट एरिया ४१३.५५ स्क्यारफिट, सुपर एरिया ६३३.७ स्क्यारफिट र निर्मित एरिया ५२०.६२ स्क्यारफिट रहेको छ ।

साथै, कम्पनीले टीवान अपार्टमेन्ट जीसीको मूल्य २ करोड ९५ लाख ५३ हजार तोकेको छ भने टीवान अपार्टमेन्ट जीजीको मूल्य २ करोड १३ लाख १६ हजार रुपैयाँ तोकेको छ । उक्त अपार्टमेन्टको कार्पोट एरिया ९१८.९० स्क्वायर फिट, सुपर एरिया १२९७.९० स्क्वायरफिट र निर्मित एरिया १०९०.१२ स्क्वायरफिट र ६३८.१२ स्क्वायफिट, सुपर एरिया ९२३.४७ स्क्वायर फिट र निर्मित ७७५.६३ स्क्वायरफटमा निर्माण भइरहेको छ ।

कम्पनीले सो अपार्टमेन्टमा २४ घण्टा सुरक्षाको व्यवस्था, उपयुक्त बालकोनी, जेनेरेटर, बेडरुपम, बाथरुम, पार्किङका लागि पर्याप्त स्थानलगात सीसीटीभीको सुविधा प्रदान गर्नेछ ।


क्लिकमान्डु