राष्ट्रिय वाणिज्य बैंकको शाखा सिन्धुपाल्चोकको चौतारामा



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढीमा नयाँ शाखा सञ्चालमा ल्याएको हो । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले उक्त शाखाको उदघाट्न गरेका छन् ।

कार्यक्रममा सभामुख सापकोटाले राष्ट्रिय वाणिज्य बैंकमा बैंकिङ्ग कारोबार गर्र्दा विश्वसनीय, सस्तो र सहज भएकाले नागरिकले बैंकसँग कारोबार गरी सरकारलाई सहयोग गर्नुपर्ने बताए ।

उनले अबको युग डिजिटल प्रविधि प्रयोगतर्फ गइरहेकोले डिजिटल बैंकिङ्ग कारोबारबाट हुने जोखिमलाई न्यूनिकरण गर्दै डिजिटल बैंकिङ्गमा जोड दिनुपर्ने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आम नागरिकलाई आधुनिक बैंकिङ्ग सेवा प्रवाह गर्दै सरकारी नीति तथा कार्यक्रमलाई सघाउ पुग्ने गरी प्राथमिकताका साथ कार्य गरिरहेको बताए ।

बैंकले ७७ जिल्लाको २५५ वटा शाखा कार्यालय, २१८ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिइरहेको छ ।


क्लिकमान्डु