महासंघको वस्तुगत सदस्यमा कृष्णभक्त श्रेष्ठले दिए उम्मेदवारी

28
Shares

काठमाडौं । उद्योगी कृष्णभक्त श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फ कार्यकारिणी सदस्यका लागि उम्मेदवारी दिएका छन् ।

पुख्र्यौली घर बनेपा–४, नाला रहेका श्रेष्ठ लामो समयदेखि नेपालको विविध उद्योग–व्यवसायसँग आबद्ध छन् ।

उग्रचण्डी खाद्य भण्डारका सञ्चालकदेखि उग्रचण्डी ग्यास उद्योगका अध्यक्ष, नेपाल स्टोन एण्ड मार्वल उद्योगका सञ्चालक, चोभार कोल्ड स्टोरेज कम्पनीका सञ्चालक, नेपाल कोल्ड स्टोरेज संघका अध्यक्ष, एलपी ग्यास उद्योग संघ, नेपालका अध्यक्ष र चन्द्रागिरी उद्योग वाणिज्य संघका अध्यक्षजस्ता जिम्मेवारी सम्हालिरहेका श्रेष्ठ हाल नेपाल उद्योग वाणिज्य महासंघ, बागमती प्रदेशका कार्यकारिणी सदस्य तथा कृषि समितिका सभापतिका साथै कृषि उद्यम केन्द्रका सदस्यका रूपमा समेत कार्यरत छन्।

श्रेष्ठ व्यापार र नाफामा मात्र सीमित नरही महाभूकम्पदेखि कोभिड–१९ को विश्वव्यापी महामारी, बाढी–पहिरो जस्ता प्राकृतिक विपत्ति र नाकाबन्दीको कठिन समयमा पनि उद्योगी–व्यवसायीका हक–अधिकार तथा सामाजिक क्षेत्रमा समेत काम गरेका थिए।

व्यवसायिक अनुभवलाई भिजनका रूपमा राष्ट्रियस्तरमा स्थापित गराउनका लागि आफूले महासंघको वस्तुगततर्फको सदस्य पदका लागि उम्मेदवारी दिएको उनले बताए ।