सानिमा जनरल इन्स्योरेन्सको नाफा ५५.०२ % ले बढ्यो



काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले आव २०७७/७८ मा ८ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा ५ करोड ५६ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीले आव २०७७/७८ मा ६५ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीको कुल बीमाशुल्क आर्जन ३५ करोड २६ लाख रुपैयाँ रहेको थियो ।

१ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ८ करोड ८५ लाख रुपैयाँ, बीमा कोषमा ९ करोड ९७ लाख रुपैयाँ रहेको छ ।

यसैगरी, कम्पनीले गत आवमा लगानी, कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी २ करोड ३९ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीले लगानी कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी १ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

साथै, कम्पनीले १८ करोड ५२ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छ भने २८ करोड ४८ लाख रुपैयाँ दावी भक्तानी हुन बाँकी छ ।
यसैगरी, कम्पनीले अभिकर्ता कमिसन वापत १ करोड २८ लाख रुपैयाँ खर्च गरेको छ ।

साथै, कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ६२ पैसा, प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ८४ पैसा, पिई रेसियो ६३.५७ गुणा, प्रतिसेयर कुल सम्पत्ति १६३ रुपैयाँ १६ पैसा रहेको छ ।


क्लिकमान्डु