यूनाइटेड इन्स्योरेन्स नेपालको नाफा ३३०.३८ ५% ले बढ्यो



काठमाडौं । यूनाइटेड इन्स्योरेन्सले गत आवमा ७ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवमा र्थिक वर्षमा कम्पनीको नाफा १ करोड ७४ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीले आव २०७७/७८ मा १ अर्ब ५ करोड रपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो वर्ष ६९ करोड ८९ लाख रहेको थियो ।
कुल १ अर्ब २ करोड ८१ लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको जगेडा कोषमा ११ करोड ६ लाख रुपैयाँ, बीमा कोषमा ३३ करोड ३७ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले गत आवमा लगानी कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी ६ करोड १६ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीले लगानी कर्जा तथा अन्य क्षेत्रमा लगानी गरी ४ करोड ७८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

यसैगरी, कम्पनीले कुल ४८ करोड ७४ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ भने ९३ करोड ३१ लाख रुपैयाँ दावी भक्तानी हुन बाँकी छ । साथै, कम्पनीले अभिकर्ता कमिसन वापत २ करोड १९ लाख रुपैयाँ खर्च गरेको छ ।

साथै, कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३२ पैसा, प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ २३ पैसा, पिई रेसियो ९७.९५ गुणा, प्रतिसेयर कुल सम्पत्ति २५९ रुपैयाँ ५८ पैसा रहेको छ ।


क्लिकमान्डु