गुँरास लाइफ इन्स्योरेन्सले घोषणा गर्यो लाभांश



काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषण गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७५७६ को नाफाबाट सेयरधनीलाई ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२८ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव बीमा समितिले अनुमोदन र साधारण सभाले पारित गरेपछि सेयरधनीले प्राप्त गर्नेछन् ।


क्लिकमान्डु