सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घट्यो



काठमाडौं । मंगलबार स्थिर रहेको छापावाला सुनको मूल्य बुधबार प्रतितोला १ सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कायम भएको सुनको मूल्य बुधबार १ सय रुपैयाँले घटेर ९३ हजार १ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएको थियो भने बुधबार ९२ हजार ६ रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय ५५ रुपैयाँ कायम भएको थियो भने बुधबार ५ रुपैयाँले बढेर १३ सय ६० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु