प्रि-ओपनिङमा २०.९८ अंकले बढ्यो नेप्से परिसूचक, ९३ कम्पनीको कारोबार
काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक २०.९८ अंकले बढेर २९६५.७७ अंकमा पुगेको छ ।
यो दिन ९३ वटा कम्पनीको कारोबार भएकोमा ६३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १० वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै २० वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
प्रि-ओपनिङमा ग्लोबल आइएमई लघुवित्त, सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी माउन्टेन इनर्जी नेपाल, जोशी हाइड्रोपावर, आइएमई जनरल इन्स्योरेनस, सोल्टी होटल, एचआइडीसीएललगायत कम्पनीको सेयर मूल्य बढेको छ । साथै मेरो माइक्रोफाइनान्स, गेहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स, युनाइटेड मोदी हाइड्रोपावर, डिप्रोक्स लघुवित्तलगायतका कम्पनीको सेयर मूल्इ भने घटेको छ ।