भक्तपुरमा हिरोको ‘द फर्स्ट २१० एक्सपिरियन्स’ सम्पन्न

14
Shares

काठमाडौं । नेपालका लागि हिरो मोटरसाइकल र स्कुटरको आधिकारिक विक्रेता सिजी मोटर्सले भक्तपुरको सल्लाघारीमा विशेष प्रयोगात्मक कार्यक्रम ‘द फर्स्ट २१० एक्सपिरियन्स’ सम्पन्न गरेको छ ।

बहुप्रतिक्षित हिरो एक्सपल्स २१० लाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रम शनिबार बिहान ९:०० बजेदेखि सुरू भएको थियो । कार्यक्रममा एड्भेन्चर प्रेमी राइडरहरू तथा डिजिटल कन्टेन्ट क्रिएटरहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

सल्लाघारीस्थित ‘एक्सट्र्याक्स’ को विशेष रूपमा डिजाइन गरिएको डर्ट ट्र्याकमा सहभागीहरूले पहिलो पटक हिरो एक्सपल्स २१० को राइडिङ अनुभव लिने अवसर पाएका थिए ।

चुनौतीपूर्ण अफ-रोड परिस्थितिमा मोटरसाइकलको परिमार्जित कार्यक्षमता, उत्कृष्ट सस्पेन्सन र एड्भेन्चर-अनुकूल क्षमताहरूको सहभागीहरूले स्थलगत परीक्षण गरेका थिए । विशेष गरी अफ-रोड रुचाउने राइडरहरूका लागि यो कार्यक्रम एक अविस्मरणीय अनुभव बनेको कम्पनीले जनाएको छ ।

कार्यक्रमका अवसरमा बोल्दै सिजी मोटर्स-हिरोले नेपाली ग्राहकहरूलाई विश्वस्तरीय राइडिङ अनुभव र एड्भेन्चर-केन्द्रित उत्पादनहरू उपलब्ध गराउन आफूहरू सदैव प्रतिबद्ध रहेको बताएको छ ।

परम्परागत सडकहरूभन्दा बाहिर निस्केर नयाँ क्षेत्रहरूको अन्वेषण गर्न चाहने राइडरहरूको बदलिँदो आवश्यकतालाई पुरा गर्न हिरो एक्सपल्स २१० को विकास गरिएको कम्पनीको भनाइ छ ।

यस मोडलले आफ्नो बहुमुखी प्रतिभा र उच्च कार्यक्षमताका कारण नेपाली बजारमा बलियो उपस्थिति जनाउने विश्वास गरिएको कम्पनीले जनाएको छ ।