बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

1.1k
Shares

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार सुनको मूल्य २ लाख ९३ हजार २ सय रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार २ लाख ९२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य आइतबार १ हजार २ सय रुपैयाँले बढेको हो । 

आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँ कायम भएको छ  । गत शुक्रबार चाँदीको मूल्य ४ हजार ८ सय ४० रुपैयाँ प्रतितोला थियो । शुक्रबारको तुलनामा आइतबार चाँदीको मूल्य ५५ रुपैयाँले बढेको हो । 

आइतबार बिहान अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ४ हजार २१० अमेरिकन डलर छ भने चाँदीको मूल्य प्रति औंस ६७ अमेरिकन डलर छ ।