
काठमाडौं । किया गाडीको नेपालका लागि एकमात्र आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले नेपाली बजारमा ‘अल न्यु किया के३ सेल्टोस’ सार्वजनिक गरेको छ ।
काठमाडौंको गैरीधारास्थित सिल्भर ओकमा आयोजित एक विशेष समारोहका बीच तेस्रो पुस्ताको यो प्रिमियम एसयुभी सार्वजनिक गरिएको हो ।
नयाँ सेल्टोसमा डिजाइन, सुरक्षा, प्रविधि, आराम र कार्यक्षमतामा व्यापक अपग्रेडहरू गरिएको कम्पनीले जनाएको छ ।
कियाको नयाँ ‘के३’ प्लेटफर्ममा निर्माण गरिएको यो एसयुभीमा पहिलेको तुलनामा ठूलो र बलियो बडी संरचना रहेको छ, जसले क्याबिनलाई थप फराकिलो बनाउनुका साथै उच्च स्तरको ड्राइभिङ अनुभव प्रदान गर्दछ ।
सुरक्षा र प्रविधिको क्षेत्रमा यो एसयुभीले नयाँ मानक स्थापित गरेको छ । यसमा ‘लेभल २ एडास’, २१ वटा स्ट्यान्डर्ड सुरक्षा सुविधाहरू र ६ वटा एयरब्यागहरू समावेश गरिएका छन् ।
सुरक्षा परीक्षणमा यसले ‘बीएनसीएपी’ बाट ५-स्टार रेटिङ प्राप्त गरेको छ, जुन यस सेगमेन्टकै उत्कृष्ट स्कोरहरूमध्ये एक मानिन्छ । यसका साथै गाडीमा प्यानोरामिक डिस्प्ले र प्यानोरामिक सनरुफ जस्ता आधुनिक सुविधाहरू उपलब्ध छन् ।
कार्यक्रममा बोल्दै किया नेपालकी कार्यकारी उपाध्यक्ष रेखा घिमिरेले नयाँ किया के३ सेल्टोसले नेपाली ग्राहकलाई उन्नत प्रविधि र उत्कृष्ट सुरक्षा प्रदान गर्ने कियाको प्रतिबद्धतालाई पुन: पुष्टि गरेको बताए ।
कम्पनीले यो नयाँ एसयुभीका विभिन्न चारवटा भेरियन्टको मूल्य समेत सार्वजनिक गरेको छ । जसअनुसार सुरुवाती भेरियन्ट एचटीके (ओ) को मूल्य ६८ लाख ९० हजार रुपैयाँ तोकिएको छ भने एचटीके (ओ) आईभीटीको मूल्य ७५ लाख ९० हजार रुपैयाँ रहेको छ । त्यसैगरी, मध्यम भेरियन्टको रूपमा रहेको एचटीएक्स (ए) आईभीटीको मूल्य ८५ लाख ९० हजार रुपैयाँ कायम गरिएको छ भने सबैभन्दा प्रिमियम र उच्च सुविधायुक्त भेरियन्ट एक्स-लाइन (ए) ७डीसीटीको मूल्य ९५ लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
कम्पनीले नयाँ के३ सेल्टोसलाई अघिल्लो पुस्ताको सेल्टोससँगै बिक्री गर्ने योजना बनाएको छ, जसले ग्राहकहरूलाई विभिन्न मूल्य र विशेषताका आधारमा छनोटको फराकिलो विकल्प दिनेछ ।
नेपालमा ३५ वर्षभन्दा लामो इतिहास बोकेको कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले कियाका गाडीहरू मार्फत नेपाली ग्राहकहरूको विश्वास जित्दै आएको छ ।
यो नयाँ एसयुभी अहिले देशभर रहेका किया नेपालका आधिकारिक डिलर नेटवर्कहरू मार्फत बिक्रीका लागि उपलब्ध भइसकेको कम्पनीले जानकारी दिएको छ ।









प्रतिक्रिया