निषेधाज्ञामा केही खुकुलो बनाइयो, वर्कसप खुल्ने, अरु के गर्न पाइन्छ ?



काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थप भएको छ ।

उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । अब सवारी साधन मर्मतका लागि वर्कसपहरु राति ९ बजेदेखि विहान ९ बजेसम्म खुला हुनेछन् ।

किराना पसल र स्टेशनरी खुल्ने गरी निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्ब्याइयो

साथै किराना, खाद्यान्न, डिपार्टमेन्टल स्टोर (ग्रोसरी मात्रै), तरकारी पसल, मासु खानेपानी, ग्यास पसलहरु सञ्चालन हुन पाउनेछन् । त्यसका साथै अन्तर्राष्ट्रिय उडानबाट आवतजावत गर्ने यात्रुहरुको हकमा हवाई टिकट, पासपोर्ट, भिसा हुनेहरुलाई सिधै एयरपोर्ट जानका लागि सवारी साधनको सहजीकरण गर्ने उल्लेख छ ।

त्यसका साथै निर्माण सामग्री बोकेका सवारी साधनहरु राति ९ बजेदेखि विहान ४ बजेसम्म सञ्चालन हुन पाउनेछन् ।

त्यसका साथै वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुका लागि कुटनैतिक नियोग तथा अन्य निकायबाट हुने भिसा प्रक्रियामा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने जारी सूचनामा उल्लेख छ ।

त्यसका साथै सरकारबाट जारी स्वास्थ्य मापदण्डको पूर्णपालना गरी कुटनीतिक नियोगले अति आवश्यक परीक्षा तथा अन्तर्वार्ता गर्न सक्ने र सो कार्यका लागि जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने उल्लेख छ ।


क्लिकमान्डु