किराना पसल र स्टेशनरी खुल्ने गरी निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्ब्याइयो



काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्ब्याइएको छ । काठमााडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार अब किराना तथा खाद्यान्न पसल, तरकारी पसल र स्टेशनरी पसल बिहान ९ बजेसम्म खुल्नेछन् ।

‘किराना तथा खाद्यान्न पसल, खाद्यान्न तथा तरकारी पसल, डिपार्र्टमेन्टल स्टोर, तथा स्टेशनरी पसल विहान ९ बजेसम्म खुल्नेछन्’ उनले क्लिकमाण्डूसँग भने ।


क्लिकमान्डु