प्रभु बैंकको ४ अर्बका ऋणपत्र जेठ ११ गतेदेखि
काठमाडौं । प्रभु बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले १० वर्षे अवधि तथा वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको ‘प्रभु बैंक डिबेञ्चर २०८७’ जेठ ११ गते ऋणपत्र निष्कासन गर्न लागेको हो ।
प्रतिडिबेञ्चर १ हजार रुपैयाँ अंकित मूल्यको ४० लाख कित्ता डिबेञ्चर निष्कासन गर्न लागेको हो ।
बैंकले निष्कासन गर्न लागेको ४ अर्बको डिबेञ्चरमध्ये १६ लाख कित्ता डिबेञ्चर अर्थात् १ अर्ब ६० करोड ऋणपुँजीमध्ये ५ प्रतिशत अर्थात् ८० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा २५०० कित्ता बाँडफाँट गरी बाँकी १६ लाख ७७ हजार ५०० कित्ता डिबेञ्चरले हुन आउने १ अर्ब ६७ करोड ७५ लाख ऋणपुँजी रकम सर्वसाधारण नेपालीका लागि सार्वजनिक निष्कासनबाट बिक्री गरिने तथा २४ लाख कित्ता डिबेञ्चरले हुन आउने कुल २ अर्ब ४० करोड ऋणपुँजी विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई व्यत्तिगत तवरबाट बिक्री गरिनेछ ।