काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप्ने तयारी



काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप गर्ने तयारी गरेको छ ।

काठमाडौं उपत्यकामा तीव्र रुपले बढ्दो भइरहेको नयाँ भेरियन्ट कोभिड १९ को संक्रमण नियन्त्रणका गर्न सामाजिक दूरी कायम गर्नुका साथै मानिसहरुको आवतजावतलाई घटाउनका लागि १५ दिनका लागि कडी कडाइका साथ लागू गर्न थप आदेश जारी गर्ने निर्णय गरिएको हो ।

उपत्यकाका विभिन्न अस्पतालहरुमा कोभिड १९ का बिरामीको चाप सँगै अक्सिजन दिनुपर्ने बिरामीहरुको संख्या दिनानुदिन वृद्धि हुँदै गएकाले बिरामीलाई सहज रुपमा अक्सिजन उपलब्ध गराउने सम्बन्धमा उक्त निर्णय गरिएको हो ।

‘उपत्यकाका तीन वटै जिल्लाका सीडीओहरु बसेर छलफल गरेका छौं, १५ दिन थप गर्ने भन्ने विषयमा छलफल भएको छ, आधिकारिक निर्णय भोलि मात्रै गर्नेछौं,’ ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले क्लिकमाण्डूसँग भने ।


क्लिकमान्डु