
काठमाडौं । सेयर लगानीकर्ता र केही युवाहरु नेपाल धितोपत्र बोर्ड (सेबोन)मा विरोधका लागि पुगेका छन् । करिब पाँच दिनपछि बुधबार सेबोन अध्यक्ष सन्तोष नारायण श्रेष्ठ कार्यालय हाजीर भएका थिए ।
बुधबार सेबोन अध्यक्ष हाजीर भएको थाहा पाएपछि बिहीबार केही युवा र सेयर लगानीकर्ता सेबोन कार्यालय पुगेका हुन् । यद्यपि, बिहीबार पनि सेबोन अध्यक्ष भने कार्यालय अनुपस्थित छ ।
‘केही सेयर लगानीकर्ता र युवा तथा अन्य वर्गका पनि केही मानिस बोर्डमा छन् । हाल उनीहरु र बोर्डका कार्यकारी निर्देशकहरुबीच छलफल भइरहको छ,’ स्रोतले क्लिकमान्डुसँग भन्यो, ‘रिलायन्सको आईपीओको विषय र सेबोनका अन्य क्रियाकलापका विषयमा प्रश्न उठाउँदै उनीहरु बोर्डमा छन् ।’
यसअघि पनि केही व्यक्तिहरु विभिन्न माग राख्दै नेपाल धितोपत्र बोर्ड सेबोनमा पुगेका थिए । हाल पनि सोही व्यक्तिहरुसहित अन्य केही व्यक्ति पनि बोर्ड पुगेको स्रोतको दाबी छ ।
पछिल्लो समय केही लगानीकर्ताहरुले रिलायन्सको आईपीओ स्वीकृतिका विषयमा धितोपत्र बोर्डमाथि प्रश्न उठाउँदै आएका छन् ।








प्रतिक्रिया