ओलीले भने- सामूहिक राजीनामा अपराध, सहभागी नहुनु
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल समूहलाई पार्टीको विरोधमा लागेर विरोधीलाई दिग्विजय गराएर उत्सव मनाउने जस्ता घातक र दुःखद् गराउन प्रयासरत रहेको भन्दै यस्ता प्रवृतिहरु हानिकारक रहेको बताएका छन् ।
सोमबार संसदमा विश्वासको मत लिनु अघि आइतबार प्रेस वक्तव्य जारी गर्दै ओलीले भने, ‘कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इश्र्या छन् । यस आन्दोलनलाई उनीहरुको स्वार्थपूर्तिका माध्यमबाट वा त्यसको शिकार बनाउनु हुँदैन । आफ्नो पार्टी फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोरक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी÷गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारी छाड्ने जस्ता हानिकारक प्रयास भएका छन् । कुनै पन ितहमा पार्टीका सरकारलाई ढाली छाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउने जस्ता घातक र दुःखद् प्रवृतिकहरु पनि आज देखा परेका छन् । यी प्रवृत्ति कुनै पनि हिसाबले उपयिुक्त होइनन् र यी हानिकारक छन् ।’
उनले अगाडि थपे, ‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौं, भोलि हामी जनतालाई के जवाफ दिन्छौं ? तसर्थ यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई आह्वान र आग्रह गर्दछु ।’