कोरोना कहरमै वाणिज्य बैंकहरुको खुद नाफा ५० अर्ब रुपैयाँ बढी, कुन बैंकले कति बढाए ? (सूचिसहित)



काठमाडौं । गत वर्षको चैतदेखि शुरु भएको कोरोना भाइरस संक्रमणको नकारात्मक प्रभावमा अझै पनि कतिपय क्षेत्र छ । तर, यसै अवधिमा बैंकहरुको खुद नाफाको वृद्धिदर भने राम्रो देखिएको छ ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा १३.५० प्रतिशतले खुद नाफा वृद्धि गरेका छन् ।

हालसम्म सञ्चालनमा रहेका २७ वटै वाणिज्य बैंकहरुले चालु आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । जसअनुसार सो अवधिमा बैंकहरुले ५० अर्ब ७४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आवको सोही अवधिमा ४४ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएका थिए ।

चैत मसान्तसम्म बैंकहरुले ३८ खर्ब ११ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी ४४ खर्ब ९४ अर्ब ९६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन गत आवको सोही अवधिमो तुलनामा निक्षेप संकलन १३.३७ प्रतिशत र कर्जा प्रवाह २१.१२ प्रतिशत बढी हो ।

जसबाट बैंकहरुले ९५ अर्ब ९० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । जुन गत आवको सोही अवधिको तुलनामा २.१६ प्रतिशत कम हो ।

सञ्चालनमा रहेका वाणिज्य बैंकहरुमध्ये गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा २१ वटा बैंकले खुद नाफामा वृद्धि गरेका छन् भने ६ वटा बैंकको खुद नाफा घटेको छ । जसमा २१ वटा बैंकहरुले १.३९ प्रतिशतदेखि ८७.८० प्रतिशतसम्म खुद नाफामा वृद्धि गरेका छन् भने ६ वटा बैंकले ५.५५ प्रतिशतदेखि ६०.८९ प्रतिशतसम्म खुद नाफा घटाएका छन् ।

सो अवधिमा सबैभन्दा बढी एनएबी बैंक र सबैभन्दा थोरै कृषि विकास बैंकको खुद नाफा बढाएका छन् । साथै, सो अवधिमा सेञ्चुरी, हिमालयन, नेपाल एसबीआई, एभरेष्ट, स्ट्यान्डर्ड चार्टर्ड र एनसीसी बैंकको खुद नाफाको वृद्धिदर नकारात्मक छ ।

९ महिनामा बैंकहरुको व्यवसाय र नाफाको वद्धिदर कस्तो ?

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुमध्ये गत आवको चैत मसान्तको तुलनामा सबैभन्दा बढी खुद नाफामा वृद्धि गर्नेको सूचीमा पहिलो नम्बरमा एनएमबी, दोस्रोमा कुमारी र तेस्रोमा नेपाल इन्भेष्टमेण्ट बैंक रहको छ ।

व्यवसाय विस्तारको वृद्धिमा सो अवधिमा निक्षेप संकलनतर्फ पहिलो नम्बरमा सिभिल, दोस्रोमा सिटिजन्स र तेस्रोमा एनसीसी बैंक रहेका छन् ।

साथै, गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा कर्जा प्रवाह बढाउने पहिलो स्थानमा एनआइसी एशिया, दोस्रोमा सिभिल र तेस्रोमा सिटिजन्स बैंक रहेको छ ।

एनएमबी बैंकः गत आर्थिक वर्षको ९ महिनाको तुलनामा यो आर्थिक वर्षको ९ महिनामा एनएमबी बैंकको खुद नाफा ८७.८० प्रतिशतले वृद्धि भएको छ । बैंकले गत आर्थिक वर्षको चैत मसान्तमा १ अर्ब ३३ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन चालु आवको सोही अवधिमा ११ करोड ७६ लाख रुपैयाँले थप भइ २ अर्ब ५१ करोड ६४ लाख रुपैयाँ पुगेको छ । सो अवधिमा बैंकको वितरण योग्य नाफा भने २ अर्ब २७ करोड ५७ लाख रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गरेको छ ।

यसैगरी, बैंकले गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा निक्षेपतर्फ १८ प्रतिशतले र कर्जा प्रवाहतर्फ २८.१९ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकले चालु आवको चैत मसान्तसम्म १ खर्ब ५५ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४८ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले ४ अर्ब ३० करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

कुमारी बैंक: गत आर्थिक वर्षको ९ महिनाको तुलनामा यो वर्ष बैंकले साढे ७८ प्रतिशत बढीले खुद नाफा वृद्धि गरेको छ । बैंकले गत आर्थिक वर्षको चैत मसान्तमा १ अर्ब १ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जसमा ७८.५७ प्रतिशत वृद्धि गरी १ अर्ब ८० करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न बैंक सफल भएको हो ।

सो अवधिमा ९८ करोड ४६ लाख ४९ हजार रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ ।

यसैगरी, बैंकले गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा निक्षेप संकलनतर्फ ९.५६ प्रतिशतले र कर्जा प्रवाहतर्फ १६.५५ प्रतिशतले वृद्धि गरेको छ । बैंकले चालु आवको चैत मसान्तसम्म १ खर्ब २७ अर्ब ६९ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १६ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले ३ अर्ब ८२ करोड ७२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

नेपाल बंगलादेश बैंकः गत आर्थिक वर्षको ९ महिनाको तुलनामा यो वर्ष बैंकले ६३ प्रतिशत बढीले खुद नाफा वृद्धि गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तमा १ अर्ब ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जसमा ६३.०२ प्रतिशत अर्थात् ६३ करोड ३३ लाख रुपैयाँ थप गरी १ अर्ब ६३ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न बैंक सफल भएको हो ।

सो अवधिमा ९८ करोड ३२ लाख २९ हजार रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गरेको छ ।

यसैगरी, बैंकले गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा निक्षेपतर्फ १०.३२ प्रतिशतले र कर्जा प्रवाहतर्फ १२.१२ प्रतिशतले वृद्धि गरेको छ । बैंकले चालु आवको चैत मसान्तसम्म ७३ अर्ब २९ करोड रुपैयाँ निक्षेप संकलन गरी ६६ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

जसबाट बैंकले १ अर्ब ९८ करोड ३५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

सिद्धार्थ बैंकः गत आर्थिक वर्षको ९ महिनाको तुलनामा यो वर्ष बैंकले ५४.१२ प्रतिशतले नाफा बढाएको छ । बैंकले गत आवको सोही अवधिमा १ अर्ब ३३ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा चालु आवको सोही अवधिमा बैंकको नाफा बढेर २ अर्ब ६ करोड ५२ लाख पुर्याएको छ ।

सो अवधिमा बैंकको वितरण योग्य नाफा भने ८३ करोड १४ लाख रुपैयाँ रहेको छ ।

निक्षेप संकलनतर्फ भने बैंकले समीक्षा अवधिमा १ खर्ब ३९ अर्ब ६० करोड रुपैयाँबाट बढाएर चालु आवको सोही अवधिमा १ खर्ब ७२ अर्ब ३१ करोड रुपैयाँ पुर्याएको छ ।

त्यसैगरी कर्जाप्रवाहतर्फ भने १ खर्ब २३ अर्ब ५७ करोड रुपैयाँबाट बढाएर १ खर्ब ५३ अर्ब ५ करोड रुपैयाँ पुर्याएको छ । जसबाट बैंकले ३ अर्ब ९३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

प्रभु बैंकः गत आर्थिक वर्षको ९ महिनाको तुलनामा यो वर्षको उक्त अवधिमा बैंकले ४४.०८ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ । बैंकले गत आर्थिक वर्षको चैत मसान्तमा १ अर्ब ४६ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जसमा ६४ करोड ५४ लाख रुपैयाँ थप गरी २ अर्ब १० करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न बैंक सफल भएको हो ।

सो अवधिमा १ अर्ब ५९ करोड ३९ लाख रुपैयाँ वितरण योग्य नाफा आर्जन गरेको छ । यसैगरी, बैंकले गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा निक्षेपतर्फ २७.२२ प्रतिशतले र कर्जा प्रवाहतर्फ ३५.१२ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकले चालु आवको चैत मसान्तसम्म १ खर्ब ६३ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३४ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले ३ अर्ब ८३ करोड ५३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

सिटिजन्स बैंकः गत आर्थिक वर्षको ९ महिनाको तुलनामा यो वर्षको सोही अवधिमा बैंकले ४१.६१ प्रतिशतले नाफा बढाएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकले १ अर्ब ५४ करोड रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ९ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

सो अवधिमा बैंकको वितरण योग्य नाफा भने १ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । बैंकले सो अवधिमा निक्षेप संकलन ३९.७८ प्रतिशतले बढाएर १ खर्ब २९ अर्ब पुर्याएको छ ।

त्यसैगरी कर्जा प्रवाह गत आवको सोही अवधिको तुलनामा ४०.१२ प्रतिशतले बढाएर १ खर्ब १४ अर्ब पुर्याएको छ । जसबाट बैंकले २ अर्ब ५४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

सिभिल बैंकः गत आर्थिक वर्षको ९ महिनाको तुलनामा यो वर्षको सोही अवधिमा बैंकले खुद नाफा ३९.३९ प्रतिशतले वृद्धि गरेको छ । बैंकले गत आवको चैत मसान्तमा ३६ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले चालु आवको सोही अवधिमा १४ करोड २० लाख रुपैयाँले थप गरी ५० करोड २५ लाख रुपैयाँ पुर्याएको छ ।

गत आवको चैत मसान्तको तुलनामा बैंकले निक्षेप संकलन ४८.२० प्रतिशतले वृद्धि गरी ७७ अर्ब ३६ करोड रुपैयाँ र कर्जा प्रवाह ३७.९२ प्रतिशतले वृद्धि गरी ८५ अर्ब २५ करोड रुपैयाँ पुर्याएको छ । जसबाट बैंकले १ अर्ब ५४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

प्राइम बैंकः गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालु आर्थिक वर्षको ९ महिनामा बैंक प्राइम कमर्सियल बैंकले खुद नाफा ३८.७६ प्रतिशतले वृद्धि गरेको छ । गत आवको चैत मसान्तसम्म बैंकले २ अर्ब ३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन चालु आवको सोही अवधिमा ७८ करोड ७० लाख रुपैयाँले थप गरी २ अर्ब ८१ करोड ७६ लाख रुपैयाँ पुर्याएको छ ।

सो अवधिमा बैंकको वितरण योग्य नाफा भने २ अर्ब २० करोड ४ लाख रुपैयाँ रहेको उल्लेख छ ।

यसैगरी, बैंकले गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा निक्षेप संकलनतर्फ १७.६५ प्रतिशत र कर्जा प्रवाहतर्फ १६.६८ प्रतिशतको वृद्धि गरेको छ ।

चालु आवको चैत मसान्तसम्म १ खर्ब ४० अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २८ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।जसबाट बैंकले ४ अर्ब ४० करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

मेगा बैंकः गत आर्थिक वर्षको ९ महिनाको तुलनामा बैंकले चालु आवको ९ महिनामा ३५.९५ प्रतिशतले नाफा बढाएको छ । गत आवको सोही अवधिमा १ अर्ब ४५ करोड १० लाख ९० हजार रुपैयाँ आम्दानी गरेकोमा बैंकले चालु आवको सोही अवधिमा नाफा बढाएर १ अर्ब ९७ करोड २७ लाख ५५ हजार रुपैयाँ पुर्याएको छ ।

यसैगरी, बैंकले चालु आवको चैत मसान्तसम्म १ खर्ब ३३ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३३ अर्ब ३५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा निक्षेप संकलन ४.२७ प्रतिशत र कर्जा प्रवाह २०.३७ प्रतिशत बढी हो । जसबाट बैंकले ४ अर्ब ८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

बैंक अफ काठमाण्डूः गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालु आर्थिक वर्षको ९ महिनामा बैंकले खुद नाफा ३३.८७ प्रतिशतले वृद्धि गरेको छ । गत आवको चैत मसान्तसम्म बैंकले ८७ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन चालु आवको सोही अवधिमा २९ करोड ५८ लाख रुपैयाँले थप गरी १ अर्ब १६ करोड ९३ लाख रुपैयाँ पुर्याएको छ ।

सो अवधिमा बैंकको वितरण योग्य नाफा भने ८५ करोड ६९ लाख रुपैयाँ रहेको उल्लेख छ ।

यसैगरी, बैंकले गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा निक्षेप संकलनतर्फ ४.८६ प्रतिशत र कर्जा प्रवाहतर्फ २२.२७ प्रतिशतको वृद्धि गरेको छ ।

चालु आवको चैत मसान्तसम्म ९६ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आको सोही अवधिमा बैंकले ९२ अर्ब १० करोड रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब ८८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जसबाट बैंकले २ अर्ब २३ करोड ५८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

ग्लोबल आइएमई बैंकः गत आर्थिक वर्षको ९ महिनाको तुलनामा बैंकले चालु आवको ९ महिनामा ३२ प्रतिशतले नाफा वृद्धि गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ७० करोड ६२ लाख रुपैयाँ नाफा कमाएकोमा बैंकले चालु आवको सोही अवधिमा ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।

सो अवधिमा बैंकले २ खर्ब ४४ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २२ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन निक्षेप संकलनतर्फ १५.०६ प्रतिशत र कर्जा प्रवाहतर्फ १७.११ प्रतिशतको वृद्धि हो । जसबाट बैंकले ६ अर्ब ८७ करोड रुपैयाँ खुद ब्याज आम्दनी गरको छ ।

सनराइज बैंकः गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालु आवको सोही अवधिमा बैंकले २०.८२ प्रतिशतले खुद नाफा बढाएको छ । गत आवको सोही अवधिमा ९३ करोड ५२ लाख ८३ हजार रुपैयाँ नाफा गरेको बैंकले चालु आवको सोही अवधिमा १ अर्ब १३ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको हो ।

सो अवधिमा बैंकले १ खर्ब १ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन गरी ९३ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले २ अर्ब ५७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

एनआइसी एशिया बैंकः गत आर्थिक वर्षको ९ महिनाको तुलनामा यो बैंकले चालु आवको सोही अवधिमा खुद नाफा ३ अर्ब ४८ लाख रुपैयाँ गर्न सफल भएको छ । यो गत आवको सोही अवधिको तुलनामा २०.०७ प्रतिशतले बढी हो । बैंकले गत आवको सोही अवधिमा २ अर्ब ५० करोड रुपैयाँ आर्जन गरेको थियो ।

सो अवधिमा बैंकले २ खर्ब २७ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४७ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन गत आवको तुलनामा चालु आवको सोही अवधिमा निक्षेप संकलन ३६.५५ प्रतिशत र कर्जा प्रवाह ५४.६० प्रतिशत बढी हो । जसबाट बैंकले ६ अर्ब ५८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

लक्ष्मी बैंकः गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा १८.१८ प्रतिशतले वृद्धि भएको छ । बैंकले गत आर्थिक वर्षको चैत मसान्तमा १ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन चालु आवको सोही अवधिमा १९ करोड रुपैयाँले थप भइ १ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।

सो अवधिमा बैंकको वितरण योग्य नाफा भने ८४ करोड १६ लाख रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गरेको छ ।

यसैगरी, बैंकले गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा निक्षेप संकलनतर्फ ८.३८ प्रतिशतले र कर्जा प्रवाहतर्फ १६.२८ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकले चालु आवको चैत मसान्तसम्म १ खर्ब ६ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले २ अर्ब ३५ करोड २६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

नबिल बैंकः गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा १६.५० प्रतिशतले वृद्धि भएको छ । बैंकले गत आर्थिक वर्षको चैत मसान्तमा ३ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । जुन चालु आवको सोही अवधिमा ५२ करोड रुपैयाँले थप भई ३ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।

सो अवधिमा बैंकको वितरण योग्य नाफा भने ३ अर्ब ८० करोड २४ लाख रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गरेको छ ।

यसैगरी, बैंकले गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा निक्षेपतर्फ ९.१९ प्रतिशतले र कर्जा प्रवाहतर्फ २५.७६ प्रतिशतले वृद्धि गरेको छ । बैंकले चालु आवको चैत मसान्तसम्म २ खर्ब ८ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८६ अर्ब १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले ५ अर्ब ९ करोड ६९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

सानिमा बैंकः गत आर्थिक वर्षको ९ महिनाको तुलनामा यो बैंकले चालु आवको ९ महिनामा १४.६७ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ । गत आर्वको चैत मसान्तमा बैंकले १ अर्ब ६१ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
जसमा चालु आवको सोही अवधिमा २३ करोड ७४ लाख रुपैयाँ थप गरी १ अर्ब ८७ करोड ६१ लाख रुपैयाँ पुर्याउन सफल भएको छ ।

सो अवधिमा वितरण योग्य नाफा भने १ अर्ब ४० करोड ९५ लाख रुपैयाँ रहेको उल्लेख छ ।

यसैगरी, बैंकले गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा निक्षेपतर्फ १४.५० प्रतिशतले र कर्जा प्रवाहतर्फ २५.५५ प्रतिशतले वृद्धि गरेको छ । बैंकले चालु आवको चैत मसान्तसम्म १ खर्ब २२ अर्ब ७९ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १४ अर्ब ६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले ३ अर्ब २७ करोड २० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकः गत आर्थिक वर्षको ९ महिनाको तुलनामा बैंकले चालु आवको सोही अवधिमा खुद नाफा १४.०९ प्रतिशतले बढाएको छ । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा बैंकले खुद नाफा ३५ करोड १६ लाख रुपैयाँले थप गरी २ अर्ब ८४ करोड ४७ लाख रुपैयाँ पुर्याएको छ ।

सो अवधिमा बैंकको वितरण योग्य नाफा भने १ अर्ब ३८ करोड ५२ लाख रुपैयाँ रहेको उल्लेख छ ।

यसैगरी, सो अवधिमा बैंकले १ खर्ब ६६ अर्ब ३३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३५ अर्ब ८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा निक्षेप संकलन ०.२२ प्रतिशत थप हो भने कर्जा प्रवाह १३.४६ प्रतिशत कम हो ।

सो अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ४ अर्ब २९ करोड ५१ लाख रुपैयाँ रहेको छ ।

नेपाल बैंकः गत आर्थिक वर्षको ९ महिनाको तुलनामा यो बैंकले चालु आवको ९ महिनामा खुद नाफा १३.३१ प्रतिशतले बढाएको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ९९ करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । चालु आवको सोही अवधिमा बैंकले खुद नाफा २६ करोड ५६ लाख रुपैयाँले थप गरी २ अर्ब २६ करोड २२ लाख रुपैयाँ पुर्याएको छ ।

सो अवधिमा बैंकको वितरण योग्य नाफा भने १ अर्ब ४७ करोड रुपैयाँ रहेको उल्लेख छ ।

यसैगरी, सो अवधिमा बैंकले १ खर्ब ५१ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा निक्षेप संकलन ७.१२ प्रतिशत र कर्जा प्रवाह २३.८४ प्रतिशत थप भएको हो । जसबाट बैंकले ४ अर्ब ७१ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

माछापुच्छ्रे बैंकः गत आर्थिक वर्षको ९ महिनाको तुलनामा यो बैंकले चालु आवको ९ महिनामा खुद नाफा १०.६१ प्रतिशतले वृद्धि गरेको छ । गत आवको सोही अवधिको तुलनामा बैंकले १२ करोड ३७ लाख रुपैयाँले खुद नाफा बढाएको हो । बैंकले गत आवको समीक्षा अवधिमा खुद नाफा १ अर्ब १६ करोड ६८ लाख रुपैयाँ गरेको थियो । चालु आवको सोही अवधिमा यस्तो नाफा बढाएर १ अर्ब २९ करोड ६ लाख पुर्याएको छ ।

सो अवधिमा बैंकको वितरणयोग्य नाफा भने ८४ करोड ६९ लाख रुपैयाँ रहेको छ ।

यसैगरी बैंकले चालु आवको चैत मसान्तसम्म १ खर्ब २५ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १२ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा निक्षेप संकलन २०.५६ प्रतिशत र कर्जा प्रवाह २१.६६ प्रतिशत बढी हो ।

सो अवधिमा बैंकले खुद ब्याज आम्दानी भने ३ अर्ब १६ करोड रुपैयाँ कमाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकः बैंकले चालु आवको ९ महिनामा ३ अर्ब रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ । बैंकले गत आवको चैत मसान्तमा आर्जन गरेको खुद नाफामा ७.७० प्रतिशतले थप गरी चालु आवको सोही अवधिमा ३ अर्ब २७ करोड रुपैयाँ पुर्याएको हो ।

गत आवको चैत मसान्तमा बैंकले ३ अर्ब ३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । सो अवधिमा ३ अर्ब ४ करोड ३३ लाख रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गरेको छ ।

यसैगरी, बैंकले गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा निक्षेपतर्फ ४.२५ प्रतिशतले र कर्जा प्रवाहतर्फ ११.०९ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकले चालु आवको चैत मसान्तसम्म २ खर्ब ४० अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६७ अर्ब ५१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले ६ अर्ब ३४ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

कृषि विकास बैंकः बैंकले गत आवको चैत मसान्तमा २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा गरेको थियो । जुन चालु आवको सोही अवधिमा १.३९ प्रतिशत अर्थात् २ करोड ८२ लाख रुपैयाँ थप गरी २ अर्ब ७ करोड ३० लाख रुपैयाँ पुर्याएको छ ।
सो अवधिमा १ अर्ब ४३ करोड १९ लाख रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गरेको छ ।

यसैगरी, बैंकले गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा निक्षेपतर्फ १.२१ प्रतिशतले र कर्जा प्रवाहतर्फ १९.७७ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकले चालु आवको चैत मसान्तसम्म १ खर्ब ४५ अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४५ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले ४ अर्ब ४२ करोड ८६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

यी बैंक्को खुद नाफा घट्यो

चालु आर्थिक वर्षको चैत मसान्तमा गत आवको सोही अवधिमा तुलनामा सेञ्चुरी, हिमालयन, नेपाल एसबीआई, एभरेष्ट, स्ट्यान्डर्ड चार्टर्ड र एनसीसी बैंकको खुद नाफाको वृद्धि घटेको छ । जसमा सबैभन्दा धेरै सेञ्चुरी बैंकको ६०.८९ प्रतिशतले र सबैभन्दा थोरै एनसीसी बैंकको ५.५५ प्रतिशतले घटेको हो ।

एनसीसी बैंकः गत आर्थिक वर्षको ९ महिनाको तुलनामा यो बैंकको खुद नाफा चालु आर्थिक वर्षको ९ महिनामा ५.५५ प्रतिशतले घटेको छ । बैंकले गत आवको चैत समान्तसम्म १ अर्ब १६ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

जुन चालु आवको सोही अवधिमा आइपुग्दा ६४ करोड ७० लाख रुपैयाँले घटेर १ अर्ब १० करोड ११ लाख रुपैयाँमा सीमित भएको छ । सो अवधिमा वितरण योग्य नाफा भने ८७ करोड ९३ लाख रुपैयाँ रहेको उल्लेख छ ।

यसैगरी, बैंकले गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा निक्षेप संकलनतर्फ ३९.८३ प्रतिशतले र कर्जा प्रवाहतर्फ ३६.२५ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकले चालु आवको चैत मसान्तसम्म १ खर्ब १ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसबाट बैंकले २ अर्ब १५ करोड ८९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकः गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालु आवको ९ महिनामा बैंकको खुद नाफा ३४.३३ प्रतिशतले घटेको छ । गत आवको चैत मसान्तसम्म १ अर्ब ८० करोड खुद नाफा आर्जन गरेको बैंकले चालु आवको सोही अवधिमा यस्तो नाफा जम्मा १ अर्ब १८ करोड रुपैयाँमा सीमित गरेको छ ।

सो अवधिमा बैंकको वितरण योग्य नाफा भने ९५ करोड ५९ लाख रुपैयाँ रहेको छ ।

यसैगरी बैंकले चालु आवको चैत मसान्तसम्म बैंकले ७८ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरी ६१ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा निक्षेप संकलन १७.५० प्रतिशत थोरै हो भने कर्जा प्रवाह १४.९० प्रतिशत थप हो ।

सो अवधिमा बैंकको खुद ब्याज आम्दानी भने १ अर्ब ८३ करोड २७ लाख रुपैयाँ रहेको छ ।

एभरेष्ट बैंकः गत आर्थिक वर्षको ९ महिनाको तुलनामा यो बैंकको खुद नाफा चालु आर्थिक वर्षको ९ महिनामा ३८.९१ प्रतिशतले घटेको छ । बैंकले गत आवको चैत समान्तसम्म १ अर्ब ४३ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

जुन चालु आवको सोही अवधिमा आइपुग्दा ५५ करोड ९५ लाख रुपैयाँले घटेर ८७ करोड ८६ लाख रुपैयाँमा सीमित भएको छ ।

सो अवधिमा बैंकको वितरण योग्य नाफा भने ४४ करोड ४६ लाख रुपैयाँ रहेको छ ।

यसैगरी, बैंकले गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा निक्षेप संकलनतर्फ ९.०७ प्रतिशतले वृद्धि गर्दा कर्जा प्रवाहतर्फ भने ८.३९ प्रतिशतले घटाएको छ ।

बैंकले चालु आवको चैत मसान्तसम्म १ खर्ब ५५ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २० अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

जसबाट बैंकले २ अर्ब ८१ करोड ४३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

नेपाल एसबीआई बैंकः चालु आवको तेस्रो त्रैमासमा बैंकको खुद नाफा ३४.३३ प्रतिशतले घटेको छ । गत आवको चैत मसान्तसम्म १ अर्ब ४३ करोड खुद नाफा आर्जन गरेको बैंकले चालु आवको सोही अवधिमा यस्तो नाफा ८७ करोड ८६ लाख रुपैयाँमा सीमित गरेको छ ।

सो अवधिमा बैंकको वितरण योग्यनाफा भने ४४ करोड ४६ लाख रुपैयाँ रहेको छ ।

यसैगरी, बैंकले चालु आवको चैत मसान्तसम्म बैंकले १ खर्ब १ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरी ९५ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा निक्षेप संकलन ८.३९ प्रतिशत थोरै हो भने कर्जा प्रवाह ७.०४ प्रतिशत थप हो ।

सो अवधिमा बैंकको खुद ब्याज आम्दानी भने १ अर्ब ९५ करोड ७८ लाख रुपैयाँ रहेको छ ।

हिमालयन बैंकः गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालु आवको सोही अवधिमा बैंकको खुद नाफा ४४.४५ प्रतिशतले घटेको छ । गत आवको चैत मसान्तसम्म बैंकले २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । जुन चालु आवको सोही अवधिमा १ अर्ब २८ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ ।

सो अवधिमा बैंकको वितरण योग्य नाफा भने ८४ करोड ७६ लाख रुपैयाँ रहेको छ ।

यसैगरी, बैंकले सो अवधिमा १ खर्ब ३२ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २१ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन गत आवको तुलनामा निक्षेप संकलन ५.५७ प्रतिशत र कर्जा प्रवाह १९.५० प्रतिशत थप हो ।
बैंकको सो हवधिमा खुद ब्याज आम्दानी भने १ अर्ब ९१ करोड ७९ लाख रुपैयाँ रहेको छ ।

सेञ्चुरी बैंकः गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालु आर्थिक वर्षको ९ महिनामा बैंकको खुद नाफा ६०.८९ प्रतिशतले घटेको छ । बैंकले गत आवको चैत समान्तसम्म ९१ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
जुन चालु आवको सोही अवधिमा आइपुग्दा ५५ करोड ७६ लाख रुपैयाँले घटेर ३५ करोड ८१ लाख रुपैयाँमा सीमित भएको छ ।

सो अवधिमा वितरण योग्य नाफा भने २२ करोड २९ लाख रुपैयाँ रहेको उल्लेख छ ।

यसैगरी, बैंकले गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा निक्षेप संकलनतर्फ ३३.१८ प्रतिशतले र कर्जा प्रवाहतर्फ २६.६८ प्रतिशतले वृद्धि गरेको छ । बैंकले चालु आवको चैत मसान्तसम्म ८६ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरी ७३ अर्ब ६६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

जसबाट बैंकले १ अर्ब ९१ करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।


पुष्प दुलाल