बुटवलबाट उदाएको शाइन रेसुङ्गाले एकैपटक काठमाडौंमा ५ शाखा खोल्यो
काठमाडौं । बुटवलमा केन्द्रिय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले काठमाडौंमा एकै पटक ५ शाखा संचालनमा ल्याएको छ ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले कंलकी,गंगबु,महाराजगन्ज,न्यूरोड र नयाँ बानेश्वरमा शाखा खोलेको हो ।
काठमाडौं बाहिर केन्द्रिय तथा कर्पोरेट कार्यालय रहेको राष्ट्रिय स्तरको एउटामात्र विकास बैंक शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक हो ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लुम्बिनी प्रदेशमा बढी शाखा संख्या भएको बैंक हो । बैंकले गण्डकी प्रदेशको लुम्बिनी तथा सुदुरपश्चिमको महेन्द्रनगरमा समेत शाखा विस्तार गरिसकेको छ ।
राष्ट्रिय स्तरको विकास बैंक भएको एकवर्षपछि काठमाडौं प्रवेश गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।
३३ अर्ब निक्षेप तथा ३० अर्ब कर्जा रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको अहिले ४ लाख ग्राहक छन् ।