सेयर बजारमा १६.११ अंकको गिरावट, लगानीकर्ता बैंकतर्फ सोझिए



काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा गिरावट देखिएको छ । नेप्से परिसूचक बुधबारको तुलनामा बिहीबार १६.११ अंकले घटेर २५२६.९२ अंकमा सीमित भएको छ ।

आजको कारोबारमा ३५ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने १२४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ भने ११ वटा कम्पनीको सेयर मूल्य स्थिर छ । आजको कारोबारमा १ करोड ६० लाख ५८ हजार ४५८ कित्ता सेयर ८ अर्ब ४१ करोड ७३ लाख रुपैयाँमा कारोबार भएको छ ।

आजको दिनमा सबैभन्दा बढी कमाउने शीर्ष ५ कम्पनीमा चन्द्रागिरि हिल्स, लुम्बिनी विकास बैंक, ज्योति विकास बैंक, अरुण भ्याली हाइड्रोपावर कम्पनी र गोर्खा फाइनान्स छन् भने सबैभन्दा बढी गुमाउने शीर्ष ५ कम्पनीमा सपोर्ट माइक्रोफाइनान्स, डिप्रोक्स लघुवित्त वित्तीय संस्था, आइएमई जनरल इन्स्योरेन्स, गरिमा विकास लघुवित्त र पाँचथर पावर कम्पनी छन् ।

आजको कारोबारमा अधिकांश उपसूमहमा गिरावट देखिँदा लगानीकर्ताहरु भने बैंकतर्फ सोझिएका छन् । आजको कारोबारमा वाणिज्य बैंक, विकास बैंक र म्यूचुअल फण्डको समूहमा मात्रै वृद्धि देखिएको छ ।


क्लिकमान्डु