नेप्सेमा १६ अंकको वृद्धि, ९ अर्बको कारोबार



काठमाडौं । सेयर कारोबार मापक नेप्से सोमबार १६.०४ अंकले उकालो लागेर २ हजार ४४०.८७ मा पुगेको छ ।

आइतबारको तुलनामा सोमबार नेप्सेको वृद्धि भने सामान्य देखिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.२४ अंकले घटेर ४५१.८२ मा ओर्लेको छ ।

सोमबार कूल २०८ कम्पनीको १ करोड ९२ लाख ८५ हजार ५०४ कित्ता सेयर ८ अर्ब ९० करोड ३५ लाख ३८ हजार ७३१ मूल्यमा कारोबार भए ।

कारोबार भएका कूल १२ उपसमूह मध्ये ७ उपसमूहको सेयर ओरालो लाग्दा ५ उपसमूहको सेयर भने उकालो लागेको छ । बैंकिङ २४.२२, व्यापार ९०.७७, निर्जीवन बीमा ७९.३४, अन्य ३१.६ र सामूहिक लगानी कोष ०.०५ अंकले उकालो लाग्यो ।

यस्तै, होटल २४.०७, विकास बैंक २०.७७, जलविद्युत् ३.५६, वित्त ६.७८, उत्पादन १७.९१, माइक्रोफाइनान्स ४९.६ र जीवन बीमा ८८.५८ अंकले घटे ।

कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको ६० करोड ३७ लाख ४० हजार ७१९ रुपैयाँ बराबरको कारोबार भयो ।

यस्तै, नबिल बैंक ३३ करोड १७ लाख ३ हजार ५७९, एनसीसी बैंक ३१ करोड ३५ लाख ६१ हजार ९७१, एनआइसि एशिया बैंक २९ करोड ७६ लाख ४१ हजार ५३३, नेपाल बैंक २८ करोड ६० लाख ८९ हजार ७४६, नेपाल पुनर्बीमा कम्पनी २३ करोड ७ लाख ५० हजार २८५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नागरिक लगानी कोषका लगानीकर्ताले १० प्रतिशतले कमाउँदा गुराँस लाइफ इन्स्योरेन्स ९.९५, प्रभु लाइफ इन्स्योरेन्स ९.८७, माउण्टेन इनर्जी ९.८१, नेशनल हाइड्रो पावर ९.४०, हिमालयन पावर पार्टनर ९.३८, गुर्खाज फाइनान्स ८.९६ र राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले ७.८१ प्रतिशतले कमाए ।

यस्तै, श्री इन्भेस्टमेन्ट फाइनान्स ६.९८, सिन्धु विकास बैंक ५.४७, प्रोगेसिभ फाइनान्स ५.४१, गरिमा विकास बैंक ५.०४, नेपाल फाइनान्स ४.८१, सामुदायिक लघुवित्त ४.५५ र सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले ४.४३ प्रतिशतले गुमाए ।


क्लिकमान्डु