बैंकका कर्मचारीले ऋणीसँग मिलेर यसरी ठग्दा रहेछन् आफ्नै बैंकलाई, साढे ७ करोड नोक्सानी पुर्याउने पक्राउ



काठमाडौं । सामान्यतया बैंकका कर्मचारीहरुले आफ्नै बैंकलाई ठगी गर्छन् भनेर तपाईंहामीले सोचेका हुँदैनौं । किनभने कर्मचारीको दायित्व आफ्नो बैंकको सम्पत्तिको सुरक्षा गर्नु हो ।

तर, आज हामी तपाईंहरुलाई यस्तो घटना सुनाउँदैछौं जहाँ बैंकका कर्मचारीले आफ्नै बैंकलाई साढे ७ करोड रुपैयाँ नोक्सानी पुर्याउने काम गरे ।

महालक्ष्मी विकास बैंकको ललितपुरस्थित कुमारीपाटी शाखाका प्रबन्धक र कर्मचारीहरुले ऋणीसँग मिलेर आफ्नै बैंक ठगी गरेका छन् ।

शाखा प्रबन्धकहरु वर्षिय पूर्ण राई, स्मृती राना, पिंकु पालिखे,, अनिस सिंह सिजापती र ऋणीहरु देवानन्द राई र सन्दिप लिम्बुलाई प्रहरीले विभिन्न मितिमा विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

‘कुमारीपाटी शाखाका प्रवन्धक पुर्ण राई लगायत समेतका बिभिन्न ऋणीहरुले मिलोमतो गरी कम तौलका सुनका गर गहनालाई बढी तौलको देखाई अत्याधिक मूल्यांकन गरि बढी ऋण लिन सफल भई हाल सम्म सावाँ ब्याजसहित यस बैंकलाई ७ करोड ४२ लाख ६१ हजार ७ सय ४३ रुपैयाँ हानी नोक्सानी पुर्याई बैंकिङ गर्नेलाई पक्राउ गरिएको छ,’ नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान विभागद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘उनीहरुलाई बैंकिङ कसूर मुद्दामा आवश्यक कानूनी प्रकृया अगाडी बढाइएको छ ।’


पुष्प दुलाल