कृष्णबहादुर महरा नेकपाको स्थायी कमिटि सदस्यमा मनोनित



काठमाडौं । बलात्कार अभियोग लागेपछि सभामुखबाट बाहिरिएर चुपचाप बसेका कृष्णबहादुर महरा फेरि राजनीतिमा सक्रिय भएका छन् ।

आइतबार बालुवाटारमा बसेको नेकपा स्थायी कमिटिको बैठकले पूर्व उपप्रधानमन्त्रीसमेत रहेका पूर्वसभामुख पूर्वसभामुख महरालाई स्थायी कमिटि सदस्यमा मनोनित गरेको हो ।

उक्त बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र ओली खेमाका स्थायी समिति सदस्यहरु उपस्थित थिएनन् ।

ओलीबिनै प्रचण्डको अध्यक्षतामा बसेको स्थायी सदस्यको बैठकले महरालाई मनानित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।


पुष्प दुलाल