५९ हजार करोडमा भारतीय पेट्रोलियमलाई निजीकरण गरिदै, सेयर बजारबाट पैसा जुटाउँदै वेदान्ता



काठमाडौं । भारत सरकारले सरकारी स्वामित्वको भारतीय पेट्रोलियमलाई निजीकरण गर्ने प्रक्रिया अगाडि बढाएको छ । त्यसका लागि बोलकबोलको प्रक्रिया समेत शुरु गरिएको छ ।

प्रख्यात भारतीय व्यापारिक समूह बेदान्ता समूहले सरकारी स्वामित्वको उक्त संस्थान खरिद गर्नका लागि सबैभन्दा बढी पैसा तिर्न तयार भएको छ । विवरण अनुसार बेदान्ताले ५९ हजार करोड बराबरको बोलकबोल प्रस्ताव पेश गरेको छ ।

सरकारी स्वामित्वको उक्त कम्पनी निजीकरण गरेपछि झण्डै ४५ हजार करोड सरकारलाई प्राप्त हुनेछ । हाल भारतीय पेट्रोलियमको सेयर मूल्य ४०० भारु बराबर रहेको छ ।

बोलकबोलमा ६०० भारु बराबर रहने गरी तय गरिएको छ । त्यसमा वेदान्ता तथा अन्य जनसुकै कम्पनी भएपनि ६४ हजारदेखि ९७ हजार करोड बराबरको तय गर्नु गर्नु जरुरी रहेको छ ।

भारत सरकारले उक्त कम्पनीको ५२.९८ प्रतिशत स्वामित्व बिक्री गर्न गइरहेको छ । त्यसमा विभिन्न ३ कम्पनीले चासो देखाएका छन् ।

वेदान्ताले त्यत्ति धेरै रकम जुटाउन सक्ला र ? भन्दै विश्लेषकहरुले सन्देश व्यक्त गरेका छन् । हाल कम्पनीको आर्थिक अवस्था पहिला जस्तो राम्रो रहेको छैन ।

जानकारी अनुसार खानी क्षेत्रमा काम गर्दै आएको प्रख्यात कम्पनी वेदान्ता झण्डै ५३ प्रतिशत बराबरको हिस्सेदारी खरिदका लागि तयार देखिएको छ । सो कम्पनीले सबैभन्दा ठूलो दावेदारी पेश गरेको छ ।

बताइएको छ कि उसले ५९ हजार करोड बराबरको बोली लगाएको छ । त्यसका लागि आवश्यक पैसा उसले सेयर बजारबाट जुटाउने तयारी गरेको छ । त्यस्तै कर्जा समेत लिने तयारी गरेको छ । वेदान्ताले कर्जा लिनका लागि केही बैंकसँग कुराकानी समेत शुरु गरिसकेको छ ।

जबकी वेदान्ताले फण्ड जुटाउन सक्छ ? यसलाई लिएर विशेषज्ञकाबीचमा सन्देह उत्पन्न भएको छ । उनीहरु भन्छन् कि कम्पनीको आर्थिक अवस्था राम्रो छैन । जानकारी अनुसार कम्पनीले एक परामर्शदाता कम्पनीलाई जिम्मा दिन लागेको छ ।

त्यसका लागि जेपी मोर्गनसँग कुराकानी गरिरहेको छ । पछिल्लो महिना मात्रै भारतीय पेट्रोलियम खरिदका लागि एक्सप्रेशन अफ इन्टे«स्टका साथ बोली लगाएको थियो ।

वेदान्ताले कच्चा तेलमा आफनो पकड कायम गर्नका लागि विपिसिएल खरिद गर्ने योजना बनाएको छ । वेदान्ता केयर्न इन्डिया पहिलेदेखि नै इन्धन तथा ग्यासको व्यवसायमा सक्रिय रहेको छ ।

वेदान्ता समूहले विपसिएलको ७५ प्रतिशत स्वामित्व खरिद गर्ने योजना बनाएको छ । कम्पनीले सरकारसँग ५३ प्रतिशत र बजारबाट २२ प्रतिशत हिस्सेदारी खरिद गर्ने तयारी गरेको छ । त्यसका लागि वेदान्ताले विपिसिएलका लागि ६४ हजार २०० करोड देखि लिएर ९७ हजार ६०० भारतीय रुपैयाँ जरुरी पर्दछ ।

भारतीय सेयर बजारमा विपिसिएलको सेयर मूल्य ४०० भारु रहेको छ । मानिएको छ कि त्यसको बोली ६०० भारुको आसपास लाग्नेछ । त्यसमा वेदान्ता होस वा अन्य अरु कोही कम्पनीले ६४ हजारदेखि ९७ हजार करोड बराबरको योजना बनाउनु जरुरी पर्दछ ।

यही कारणले गर्दा वेदान्त फण्ड जुटाउनका लागि प्रमुख चुनौती देखिएको छ । त्यसका लागि वेदान्ताका अध्यक्ष अनिल अग्रवालले सेयर खरिदको योजना बनाइरहेका छन् । त्यसमा उनको ठूलो प्रयास जारी रहेको छ ।


पुष्प दुलाल